Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाली काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दै

नेपाली काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १२, २०७८ आइतवार • १०:३८:०० बजे
  • 1.4K
    SHARES
  • नेपाली काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दै

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो बस्ने बैठक बोलाइएको काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    images

    पौडेलका अनुसार बैठकमा १४ औं महाधिवेशन तयारी, राष्ट्रियसभाको उपनिर्वाचनमा लागि उम्मेदवार चयन र केन्द्र र प्रदेश सत्ता समीकरण लगायतका विषयमा छलफल हुने छ । माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापालाई राष्ट्रियसभा सदस्यबाट पदमुक्त गरेपछि उक्त स्थानमा जेठ ६ गतेका लागि उप निर्वाचनका मिति तय गरिएको छ ।

    वागमती प्रदेशका प्रदेशसभा सदस्यहरु, स्थानीय तहका प्रमुख र उपप्रमुखरहरुले मतदाता रहेको उपचुनावमा काँग्रेस उम्मेदवार निर्वाचन हुन एमालेका माधव नेपाल पक्षको भूमिका निर्णायक छ ।

  • सम्बन्धित विषय:

  • # नेपाली काँग्रेस
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology