Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सीसीएमसीको निर्देशक समितिको बैठक बस्दै,आशिंक लकडाउन हुनसक्ने

सीसीएमसीको निर्देशक समितिको बैठक बस्दै,आशिंक लकडाउन हुनसक्ने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १२, २०७८ आइतवार • १४:१०:५४ बजे
  • 4.6K
    SHARES
  • सीसीएमसीको निर्देशक समितिको बैठक बस्दै,आशिंक लकडाउन हुनसक्ने

    काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को निर्देशक समितिको बैठक आइतबार अपरान्ह ३ बजे बस्दैछ ।

    images

    शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सीसीएमसीका अधिकारीहरुले कोरोना भाइरस महामारीको पछिल्लो अवस्थाबारे बिफ्रिङ गरेका थिए । छलफलमा सीसीएमसीले संक्रमण बढी देखिएका क्षेत्रहरुमा चेन ब्रेक गर्न मानवीय गतिविधि ठप्प पार्नुपर्ने सुझाव दिएको थियो । त्यही विषयमा छलफल गर्न आइतबार सिंहदरबारमा निर्देशक समितिको बैठक बोलाइएको हो ।

    सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बैठक बोलाइएको पुष्टि गरे । बैठकबाट लकडाउन गर्नुपर्ने निष्कर्ष निस्किए निर्णयका लागि सीसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गर्नेछ ।

    यसैबीच, आइतबार दिउँसो बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै निर्देशक समितिका सदस्य परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि तत्काल देशव्यापी लकडाउनको सम्भावना नरहे पनि आशिंक लकडाउन हुनसक्ने बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # लकडाउन
  • # सीसीएमसी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology