Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

समाचार प्रकाशन गरेकै कारण उज्यालो नेटवर्क अनलाइनका दुई पत्रकार पक्राउ

समाचार प्रकाशन गरेकै कारण उज्यालो नेटवर्क अनलाइनका दुई पत्रकार पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १२, २०७८ आइतवार • १४:४५:४९ बजे
  • 949
    SHARES
  • समाचार प्रकाशन गरेकै कारण उज्यालो नेटवर्क अनलाइनका दुई पत्रकार पक्राउ

    काठमाडौं । प्रहरीले समाचार प्रकाशन गरेकै कारण उज्यालो नेटवर्क अनलाइनका पत्रकार अनिश तामाङ र महा प्रबन्धक दुर्गालाल तामाङ प्रभात लाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले दुर्गालाललाई बसुन्धाराबाट पक्राउ गरेको हो । अनिशलाई अनामनगरस्थित उज्यालो नेटवर्कबाट नियन्त्रणमा लिइएको हो । उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

    images

    केहीदिन पहिले सो अनलाइनले प्रधानमन्त्री केपी शर्माओली र भारतीय जासुसी संस्था रअ प्रमुख सामन्त गोयलबीचको सम्झौता भन्दै एक सामग्री प्रकाशन भएको थियो । पछि सोही अनलाइनले गल्ती स्वीकार गर्दै प्रेस काउन्सिलमा माफी समेत मागेको थियो ।

    समाचार प्रकाशनपछि प्रहरीले नेटवर्कका सम्पादक बुद्ध लोप्चन सहितका पत्रकारलाई धरपकड शुरु गरेको थियो । जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । उनीहरुलाई राज्य विरुद्धको कसुर र लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । अनिश तामाङ सहितका पत्रकारलाई धरपकड नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको थियो । तर, प्रहरीले सो आदेशको अवज्ञा गरेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology