आश तमु पोखरा - विप्लव नेकपाका तत्कालीन म्याग्दी जनसरकार प्रमुख रहेका जगेन्द्र पुनको शव साढे ४ महिनापछि परिवारले जिम्मा लिएर आज पोखरामा अन्तेष्टी गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मंसिर २९ गते मृत्यु भएका जगेन्द्रको शव आज ४ महिना पछी परिवारले बुजेको हो ।
मंसिर २४ गते जिल्ला कारागार पर्वतमा उच्च रक्तचापले बेहोस भएका जगेन्द्रको थप उपचारको लागी पोखरा ल्याइएको थियो ।सुनियोजित रुपमा राज्यको कारणबाट जगेन्द्रको मृत्यु भएको भन्दै परिवारले शव बुझ्न नमानेपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शव गृहमै थन्किएको थियो । साढे ४ महिनापछि परिवारले शब बुझेर पोखरा सेती रामघाटमा अन्त्येष्टि गरेको छोरा जितेन्द्रले जानकारी दिए ।
प्रहरीले पटक पटक जगेन्द्रलाई विभिन्न आरोपमा पक्राउ गरेको थियो । अदालतले छाड्न आदेश दिने र त्यसको लगत्तै फेरी प्रहरीले पक्राउ पर्दै आएका जगेन्द्र कारागारमै ढलेपछि नियत नै साँधेर उपचारमा ढिलाइ गरिएको, राज्यकै कारण ज्यान गएको भन्दै परिवारले शव बुझ्न मानेको थिएन ।
पक्राउ पर्दै, छुट्दै, फेरि पक्राउ पर्दै धरौटीसमेत बुझाउन नसकेपछि जगेन्द्र ७ महिनादेखि पर्वत कारागारमा थिए । यस अघि उनी ९ पटकसम्म पक्राउ परेका थिए । जगेन्द्रकी श्रीमतीको पनि मृत्यु भएको थियो । पटक पटक जेल परेको पीर, चिन्ताकै कारण जगेन्द्रका श्रीमतिको पनि उनको भदा ३ महिना पहिला मृत्यु भएको आफन्त बताउँछन् ।
पर्वत जिल्ला कारागारमा आस्थाका आधारमा राज्यबाट बन्दी बनाइएका पुन पर्वत जिल्ला कारागारमा २४ गते दिउसोँ उच्च रक्ताचापका कारण बेहोश भै ढलेका थिए ।
प्रशासनले तत्काल नजिकैको अस्पताल लैजानु पर्ने अवस्थामा जनसरकार प्रमुख जगतलाई प्रहरीले अड्डासारक नाममा राती करीब साढे ८ बजे कास्की जिल्ला कारागार पुर्याएका थिए । अति सिकिस्त अवस्थामा रहेका बिरामीलाई कास्की जिल्ला कारागारले बुझ्न नमानेपछि पर्वतको कुश्माबाट नेता जगतलाई बुझेर पोखरा लिई आएका प्रहरीले उनलाई उपचारका लागि राती नौ बजे साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा हालको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पुर्याइको थियो ।
अस्पताल पुर्याइएका उनको रक्तचाप नाप्दा अधिकतम २२० रहेको र ड्युटीमा रहेका डाक्टरले नेता पुनको टाउकोको सिटिस्क्यान गर्नुपर्ने बताए पछी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सिटिस्क्यान बिग्रेका कारण बाहिर अन्य अस्पतालमा गर्नु पर्ने बताएपछी ड्युटीमा रहेका प्रहरीहरुले उपचारका लागि भनेर पैसा नदिएको बताएपछी अस्पतालमा पैसा बिना सिटिस्क्यान नगरिदिने भएपछी प्रहरीहरुले कहि कतै मेसो मिलाएर राती दुई बजे गण्डकी मेडिकल कलेजमा लगेर सिटिस्क्यान गरेका थिए । त्यसपछि मात्र नेता पुनलाई आईसियुमा लगेर भेन्टीलेटरमा राखी उपचार शुरु गरिएको थियो । त्यति बेलासम्म नेता पुनको उपचारमा ढिलाई भैसकेको र उनको देब्रे भागहरु नचल्ने अवस्थामा पुगेको चिकित्सकले बताएका थिए ।
बेहोश भैइ पोखरामा उपचाररत पुनको खवर प्रशासनबाट खबर पाएपछी अस्पताल पुग्दा आफन्तहरु पुन कता छन् भन्दै खोज्दै वार्ड वार्ड घुमिरहे तर अवस्था पत्ता लगाउन सकिएन एक जना आफ्नतले भने 'बुझ्दा बिरामीको अवस्था अत्यन्त नाजुक अवस्थामा छ, आइसियुमा छन भन्ने खबर पाएका आफन्त आइसियु पुग्दा चिकित्सकले बाहिर बोर्डमा हेर्नुस नामवली भनेका पुनको नाम बोर्डमा नहुदा आफ्न्त झनै अलमल परे ।
बाहिर बसेका दुई प्रहरीलाई सोध्दा पुनलाई ल्याइेको आइसीयु वार्डमा नै उपचार भैरहेको भन्दै थाहा पाएपछी एक जना आफन्त भित्र पसेर बिरामीलाई हेर्दा बिरामी बोल्न सक्ने अवस्थामा नरहेको र अक्सिजन दिएको देखे पछी डाक्टरहरुसंग बुझ्दा ‘बिरामीको अवस्था अत्यन्त नाजुक अवस्थामा छ भन्ने थाहा पाएको बताए ।बाहिर टाँसीएको बोर्डमा बिरामीको सूचीमा उनको नाम थिएन। बिद्रोही नेकपाको नेता भएको कारण प्रहरी प्रशासनको दबाबमा अस्पताल प्रशासनले समेत हेल्चेक्र्याइ गरेको उनका आफन्तले बताएका थिए ।
आक्रोशित आफन्तले बाहिर निस्किएर उपचारमा बेवास्ता गरिएको, ढिलाई भएको भन्दै होहल्ला गर्न थाले। उनीहरुको हो हल्ला गर्न थालेपछि प्रहरीहरु त्यहाँबाट हराए । म्याग्दीको अति बिकट गाउँ मालिका गाउपालिकाको वडा नम्बर ५ बाट बढो दु:ख गरेर आएका उनका आफन्तले सोधीखोजी र गुगलमा खोजेरै भए पनि ठुला ठुला मिडियाका पत्रकारहरुलाई खबर गरे। तर सबैको एउटै जवाफ थियो, “पहिला उपचार गर्नुस। ” उनीहरुले पत्रकारहरुको बाटो हेरिबसे कोही आएनन। यता बिरामी कृत्रिम स्वासप्रस्वास गराएर जीवित राक्खिएको थियो ।
म्याग्दी जिल्लामा सादा जीवन उच्च विचारका नेता जागेंद्र पुनलाई समेतका व्यक्तिहरुलाई प्रहरीले शुरुमा करीब छ महिना अघि गौ हत्याको आरोपमा गिरफ्तार गरेको थियो। त्यति बेला उनी अदालतले पचास हजार रुपियाँ धरौटी बुझाएर साधारण तारेखमा छुटे।
साधारण तारेखमा छुटेका उनी दुई पटक तारेख धान्न पनि गए , तर त्यसपछि उनले तारेखमा जाने झन्झट त्यागिदिए। तैपनि उनले तारेख धान्ने पर्ने फेरी महशुस गरे र फेरी तारेख लिन जादा पक्राउ परे र उनलाई प्रहरीले अभद्र ब्यबहार मुद्दा लगायो। अन्तमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले एक लाख रुपियाँ ध्रौतीमा छाड्ने आदेश दियो।
उनीसंग त्यति ठुलो रकम हुने कुरै थिएन। पार्टीले पनि वास्ता गरेन। आफु हिरासतमुक्त हुने आशामा उनले आफ्नो गाउँको घरको लालपुर्जा ल्याएर धन जमानत राखे र छुटे पनि तर प्रहरीले प्रशासनको गेटबाटै फेरी गिरफ्तार गर्यो र पर्वत पठायो।
यस अघि पनि २०७२ सालको चुनावमा , २०७५ र ७६ सालमा पनि राजनैतिक आस्थाका आधारमा राज्यवाट अभद्र व्यवहार् वारम्बार लामो हिरासतमा वसेका पुनका आफन्त न्यायको खोजीमा छ्न।
म्याग्दीको मालिका गाउँपालिका ३ अधिभारामा ९ फागुन २०७६ मा जगेन्द्र पक्राउ परेका थिए । जगेन्द्रलाई अभद्र मुद्धामा घरमा सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । उनलाई चैत १८ गते १८ हजार रुपैयाँ धरौटीमा रिहा गरियो तर त्यसको लगत्तै गौ–वध मुद्धामा पक्राउ गरिएको थियो ।
सो मुद्धामा ५४ हजार धरौटी तिरेर १८ असोज २०७७ मा जगेन्द्रलाई रिहाइ गर्ने फैसला भयो । फेरि अभद्र मुद्धामा पक्राउ गरी जगेन्द्रलाई थुनामा राखियो र १ लाख १८ हजार धरौतीमा रिहाइ गर्ने फैसला गरियो ।
धरौटी तिर्ने रकमसमेत नभएपछि जगेन्द्रको नाममा रहेको जग्गा जिल्ला प्रशासन कार्यालय म्याग्दीको पत्रअनुसार मालपोतमा जग्गा रोक्का गरी उनलाई रिहाइ गरिएको थियो ।
अभद्र मुद्धामा पक्राउ परेका जगेन्द्रलाई जिल्ला अदालत पर्वतले ५४ हजार रुपैयाँ धरौटीमा रिहाई गर्ने फैसला गरेको र धरौटी तिर्न नसकेपछि थुनामा राख्ने आदेश भएपछी उनी जिल्ला कारगार पर्वतमा रहेका थिए ।
जितेन्द्रका ४ छोरा छन् । जगेन्द्रको मृत्युपछि भने रोक्का जग्गा फुकुवा गरिएको छ ।