म्याग्दी - नेकपा माओवादी केन्द्र म्याग्दीले अन्नपूर्ण गाउँपालिका ७ हिस्तान र मालिका गाउँपालिका १५ देविस्थानमा वडा कमिटि पुनगठन गरेको छ ।
शनिबार भएको माओवादी केन्द्र देबिस्थानका कार्यकर्ता भेलाले रबिन्द्र राणाको अध्यक्षमा १७ सदस्यीय वडा कमिटि पुर्नगठन गरेको हो भने सोही भेलाबाट फरम गुरुङको संयोजकत्वमा १५ सदस्यीय वाइसीएलको वडा कमिटि पनि गठन गरेको छ । देबिस्थानको भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र म्याग्दीका कार्यालय सदस्य रेशम जुग्जाली (सुबिन)ले संबिधान, गणतन्त्र, संघीयता, समावेशी ब्यवस्था, राष्ट्रियताको रक्षाका लागि अग्रगमन पक्षधरहरुको सहकार्यसँगै माओवादी शक्तिहरुको एकतामा जोड दिए ।
यसैगरी हिस्तानमा सुवेदार नन्दबहादुर गर्बुजा पुनको अध्यक्षतामा ११ सदस्ययीय कमिटी पुर्न गठन गरेको हो । हिस्तानको भेलामा माओवादी केन्द्रका गाउँपालिका कमिटिका डूञ्चार्ज वुद्धी पुनले केपी ओलीको खोक्रो राष्ट्रवाद, स्वच्छाचारी र तानाशाही कार्यशैली र असबैधानिक गतिबिधिले नेपालमा राजनीतिक अस्थिरता सिर्जना भएको, नेकपा एकता कायम हुन नसकेको बताए ।
प्रधानमन्त्री ओलीले २०७७ पुष ५ गतेको प्रतिनिधिसभा बिघटन, सर्वोच्चले फागुन ११ गते गरेको संसद पुनस्थापना र २३ गते अदालतको फैसलाले नेकपा एकता भंग भएपछि म्याग्दीमा माओवादी केन्द्रले वडा तहसम्म पार्टी र जनवर्गीय संगठन ब्युताउँन अभियान चलाएको छ ।