Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दी बेनी ९ घतानमा गोकुल सुनारको अध्यक्षतामा वाइसीएलको वडा कमिटि गठन

म्याग्दी बेनी ९ घतानमा गोकुल सुनारको अध्यक्षतामा वाइसीएलको वडा कमिटि गठन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १३, २०७८ सोमवार • १२:१९:४३ बजे
  • 1.3K
    SHARES
  • म्याग्दी बेनी ९ घतानमा गोकुल सुनारको अध्यक्षतामा वाइसीएलको वडा कमिटि गठन

    म्याग्दी - नेकपा माओवादी केन्द्र म्याग्दीले बेनी नगरपालिका-९ घतानमा युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल)को वडा कमिटि गठन गरेको छ ।

    images

    माओवादी केन्द्रको वडा कमिटिको बैठकको अवसरमा भएको कार्यकर्ता भेलाबाट गोकुल सुनारको अध्यक्षतामा २१ सदस्यीय वाइसीएलको वडा कमिटि गठन गरेको हो ।

    कमिटिको उपाध्यक्षमा देबेन्द्र बिक, राजेन्द्र खत्री, सचिबमा टिकाराम सुबेदी, सचिबमा अनिशा सुबेदी, सदस्यहरुमा मनोज खत्री, दिनेश खत्री लगायत रहेका छन । भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र म्याग्दीका अध्यक्ष गोबिन्द पौडेलले संबिधान, संघीयता, राष्ट्रियता र गणतन्त्र लगायत राजनीतिक उपलब्धिको रक्षा गर्नु अहिलेको राष्ट्रिय आवश्यकता भएको बताए ।

    माओवादी केन्द्रका बेनी नगरकमिटि अध्यक्ष सेरबहादुर केसी, युवा नेता नगेन्द्र केसी, वाइसीएलका जिल्ला संयोजक सन्दिप खत्रीले माओवादीको भोटले सत्तामा पुगेका केपी ओलीको स्वच्छाचारी कार्यशैली र असैधानिक गतिबिधीका कारण पार्टी एकता कायम हुन नसकेको बताउँदै अब माओवादी शक्तिहरुको एकता तथा प्रगतिशिल र अग्रगमन पक्षधरहरुबीच सहकार्यमा जोड दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology