पोखरा - नेकपा एमाले भित्र असन्तुष्ट रहेका नेपाल-खनाल समुहको भात्रु संगठन यूवासंघ नेपालको गण्डकी प्रदेशको संयोजकमा म्याग्दीका युवा नेता कृष्णकुमार विश्वकर्मालाई जिम्मेवारी दिएको छ ।
देशैभर समानान्तर गतिविधि चलाइरहेको समुहले विश्वकर्मालाई संयोजकको जिम्मेवरी दिएको हो। विश्वकर्मा यसअगाडी एमालेका यूवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष समेत थिए ।
यूवा संघका गण्डकी सयोजक भएपछि विश्वकर्माले अहिले प्रधानमन्त्री केपी ओलीले दक्षिणपन्थी धारको नेतृत्व गरेकोले सो समुहबाट पार्टी नै ध्वस्त बनाउन खोजेको आरोप लगाए ।
बाहिरबाट हेर्दा यो लडाईं पद र प्रतिष्ठाको लागि भनिए पनि खासमा कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउने माधव नेपाल पक्षमा रहेको उनले बताए । नचाहँदा- नचाहँदै एमालेकै नाममा संस्था बनाउन बाध्य पारिएको बताउँदै कुनैपनि प्रलोभनमा नझुक्ने बताए । नेकपा एमाले माधब समुहले म्याग्दीमा समेत विभिन्न गतिविधि गरिरहेको छ ।