Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन

मुख्यमन्त्री गुरुङ विरुद्धको अविश्वास प्रस्ताव टेबुल हुदै,प्रस्ताव पेश हुनुअघि जसपाले राख्यो सर्त

मुख्यमन्त्री गुरुङ विरुद्धको अविश्वास प्रस्ताव टेबुल हुदै,प्रस्ताव पेश हुनुअघि जसपाले राख्यो सर्त

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १३, २०७८ सोमवार • १२:४५:०० बजे
  • 1.9K
    SHARES
  • मुख्यमन्त्री गुरुङ विरुद्धको अविश्वास प्रस्ताव टेबुल हुदै,प्रस्ताव पेश हुनुअघि जसपाले राख्यो सर्त

    पोखरा - आज दिउँसो २ बजे बस्ने गण्डकी प्रदेश सभाको विशेष अधिवेशन बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरूद्धको अविश्वास प्रस्ताव टेबुल हुने भएको छ ।आफुविरुद्ध अविश्वास प्रस्ताव आएपछि मुख्यमन्त्री गुरुङले वैशाख १ गते संसदको चालु अधिवेशनै अन्त्य गरेका थिए ।

    images

    प्रदेश सभा अन्त्य भएपछि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसहितले प्रदेश प्रमुख समक्ष विशेष अधिवेशनको माग गर्दै निवेदन दिएका पछि आजको लागि विशेष अधिवेशन आव्हान भएको हो । अविश्वास प्रस्ताव टेबल भएपछि सबै दलका नेताले आफ्ना धारणा राख्ने र भोलि मुख्यमन्त्रीले जवाफ दिने कार्यसूची छ ।

    मुख्यमन्त्रीको जवाफपछि मंगलबारै अविश्वास प्रस्ताव निर्णयार्थ मतदान हुने तयारी प्रदेश सभा सचिवालयको रहेको बुझिएको छ ।

    ६० सदस्यीय गण्डकी प्रदेश सभामा अविश्वास प्रस्ताव पास हुन ३१ मत आवश्यक हुन्छ । मुख्यमन्त्री गुरुङको पक्षमा एमालेका २७, स्वतन्त्र सांसद एक गरि २८ सांसद मात्र रहेकाले उनको सरकार ढल्ने देखिएको छ । माओवादी केन्द्रका १२, काँग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ सांसद छन् । जसपाका २ सांसद सहित काँग्रेस र माओवादी केन्द्रका २८ जना सांसदको हस्ताक्षरमा यही वैशाख २ गते प्रदेश सभामा अविश्वास प्रस्ताव पेश गरिएको थियो ।

    काँग्रेस, माओवादी केन्द्र र जसपाले काँग्रेसका प्रदेश सभा नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई मुख्यमन्त्रीको नयाँ उम्मेदवार बनाउदै अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारविरुद्धको अविस्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेको जनता समाजवादी पार्टीले लिखित सहमति गरेर मात्रै अगाडि बढ्नुपर्ने सर्त राखेको छ। अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३ दल मध्येको समाजवादी पार्टीले अविश्वासको प्रस्ताव टेबुल हुनु अगावै सत्ता र शक्ति बाँडफाँडमा लिखित सहमति हुनु पर्ने सर्त राखेको हो ।

    कार्य व्यवस्था परामर्श समितिको बैठकपछि बसेको ३ दलको बैठकमा जसपाका संसदीय दलका नेता हरिशरण आचार्यले पार्टीका तर्फबाट ४ सर्त राखेका हुन् ।

    सत्तामा गएपछि सहकार्य गर्ने दलबीच तिक्तता नआओस् भनेर पार्टीले नयाँ सरकार गठन हुनु अगाडिनै ४ सर्त अगाडि सारेको आचार्यले बताए । उनले मन्त्रालय बाँडफाँड, राजनीतिक नियुक्ति, पावर सेयरिङ लगायतका विषयमा तीन दलबीच आन्तरिक सहमति गरेर अगाडि बढ्नु पर्ने बताए । उनले ठूला दलले सत्तामा पुगेपछि साना दललाई हेप्ने प्रवृत्ति देखिएकाले अविश्वासको प्रस्ताव पास हुनु अघि नै लिखित सहमति कायम गर्न खोजेको बताए।

    यसैबीच समाजवादी पार्टीको सर्तसँगै आजै तीन दलको बैठक बस्ने भएको छ । प्रदेश सभाको बैठक सुरु हुनु अगाडि ३ दलको बैठक बस्दैछ । आफूहरुले राखेको मागबारे छलफल गर्न बैठक बस्न लागेको जनता समाजवादी पार्टीका नेता आचार्यले बताए । उनले बैठक बसेर आफ्नो पार्टीले अघिसारेका सर्तहरूमा छलफल गरेर अगाडी बढ्ने बताए । मन्त्रालयका भागबण्डा, राजनीतिक नियुक्ति, प्रदेश सभामा जसपाको स्थान जस्ता विषयमा प्याकेज नै गराएर लिखित सम्झौता हुनुपर्ने आचार्यले बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology