रोजगारीको लागि कुवेत गएका नेपाली मध्य विभिन्न कारणले एक वर्षको अन्तरालमा ५९ जनाले ज्यान गुमाएका छन । त्यसैगरी ४९ जना नेपाली जेलमा रहेका छन ।
बि. सं. २०७७ साल वैशाख देखि ३१ चैत २०७७ सम्ममा ३८ जना पुरुष र २१ जना महिलाले ज्यान गुमाएका छन । कुवेतमा प्राय सडक दुर्घटना, आत्महत्या, क्यान्सर, हृदयघात, कोरोना लगायत विभिन्न रोगबाट नेपालिहरुको मृत्यु हुने गरेको नेपाली दूतावास कुवेतले जनाएको छ ।
त्यसैगरी विश्वलाई आक्रान्त पारिरहेको कोरोना भाइरस (कोभिड -१९) बाट एक वर्षको अवधिमा १२जना नेपालीले ज्यान गुमाएका छन । कोरोना भाइरसबाट ज्यान गुमाउनेमा ९ जना पुरुष र ३ जना महिला रहेका छन । कुवेतमा कोरोना भाइरसको सङ्क्रमण व्यापक रुपमा फैलिरहेको छ । त्यसैले कुवेतमा कार्यरत सम्पूर्ण नेपालीलाई केही दिन पहिले नेपाली दूतावास कुवेत, पत्रकार महासंघ कुवेतर गैर आवासीय नेपाली संघ कुवेतले अनुरोध सहितको विज्ञप्ति जारी गर्दै सतर्क रहन अनुरोध गरेको थियो ।
कुवेतमा विभिन्न अपराधीक तथा गैरकानूनी कार्यमा सङ्लग्न ४९ जना नेपालीले सेन्ट्रल जेलमा आफ्नो अपराध अनुसारको सजाय भोग्दै आइरहेका छन ।