Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपाको स्थायी कमिटी बैठक

नेकपाको स्थायी कमिटी बैठक साउन १३ गते बस्नेगरि फेरी स्थगित

नेकपाको स्थायी कमिटी बैठक साउन १३ गते बस्नेगरि फेरी स्थगित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ६, २०७७ मंगलवार • १५:२९:३८ बजे
  • 1.1K
    SHARES
  • नेकपाको स्थायी कमिटी बैठक साउन १३ गते बस्नेगरि फेरी स्थगित
    सत्तारूढ दल नेकपाको स्थायी कमिटी बैठक साउन १३ गते बस्नेगरि फेरी स्थगित भएको छ ।

    प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित र्हेको बैठकले राहत तथा उद्धारामा जुट्ने प्रस्ताव पारितगर्दै स्थगित भएको हो । बैठकको निर्णयबारे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले फेशबु्कमार्फत जानकारी गराएका छन् ।
    आज दिउँसो साढे १ बजे बसेको बैठक एउटामात्र प्रस्ताव पारित गरेर १३ गतेसम्मका लागि स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।केही दिनयता देशभर आइपरेको प्राकृतिक विपत्तिलाई मध्यनजर गरेर बैठक एक साता स्थगित गरिएको उनले बताए। बैठकले बाढीपहिरो तथा अन्य प्राकृतिक विपत्तिमा परेकाहरुको उद्धार तथा राहतमा खटिन कार्यकर्तालाई निर्देशन पनि दिएको छ। अन्य कुनै विषयमा बैठकमा छलफल नभएको उनले जानकारी दिए।

    बैठकअघि दुई अध्यक्ष ओली र प्रचण्डबीच बालुवाटारमै छलफल भएको थियो। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेको सो बैठकको अध्यक्षता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए।

    सचिवालय बैठकपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई झुक्याएर राष्ट्रपति निवासमा लगिएको सत्य हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता श्रेष्ठले त्यसमा सत्यता नभएको बताए। श्रेष्ठले आफूहरुको अध्यक्ष झुक्किने खालको नभएको टिप्पणी गरे।

    यसअघि सचिवालय बैठकलगत्तै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति निवास शीतल निवासमा गएका थिए ।

    त्यसपछि दाहालको निवास खुमलटारमा बसेको स्थायी कमिटीका केही सदस्यहरुको अनौपचारिक बैठकमा आफू परिबन्धमा परेर राष्ट्रपति निवास पुगेको बताएका थिए।

    नेकपाको स्थायी कमिटी बैठक १० असारदेखि जारी छ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology