Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

दिपक मनाङेले आफु स्वतन्त्र सांसद भएको भन्दै प्रदेशसभामा मागे छुट्टै ठाउँ

दिपक मनाङेले आफु स्वतन्त्र सांसद भएको भन्दै प्रदेशसभामा मागे छुट्टै ठाउँ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १४, २०७८ मंगलवार • ११:३७:१४ बजे
  • 1.1K
    SHARES
  • दिपक मनाङेले आफु स्वतन्त्र सांसद भएको भन्दै प्रदेशसभामा मागे छुट्टै ठाउँ

    पोखरा । मनाङ ख बाट निर्वाचित दिपक मनाङेले प्रदेशसभामा स्वतन्त्र सांसदका लागि छुट्टै चेयरको ब्यवस्था गर्न माग गरेका छन् । २०७४ को प्रदेशसभा निर्वाचनमा स्वतन्त्र रुपमा निर्वाचित दिपक मनाङे २०७६ असारमा नेकपामा प्रवेश गरेका थिए ।

    images

    सर्वोच्च अदालतले नेकपाको विगठन गरेपछि उनले आफु स्वतन्त्र सांसद भएकाले छुट्टै बस्ने ठाउँको ब्यवस्था मिलाउन माग गर्दै संसद सचिवालयमा निवेदन दर्ता गराएका हुन् ।

    निर्वाचित भएको सात महिनापछि सपथ लिएका उनी २०७६ असारमा नेकपामा प्रवेश गरेका थिए । उनी पार्टी प्रवेश गरेको लिखित जानकारी नेकपाले संसद सचिवालयमा पठाएको थिएन । सर्वोच्च अदालतले नेकपाको विगठन गरेपछि उनी आफु स्वतन्त्र सांसद भएको बताउँदै आएका छन् ।

    गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश भएपछि मनाङेले आफु सहितका साना दलहरूको सल्लाहमा मुख्यमन्त्री दावी गर्ने बताउँदै आएका छन् ।

  • सम्बन्धित विषय:

  • # दिपक मनाङे
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology