Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव

गण्डकी प्रदेशमा सरकार परिवर्तनको खेल, माओवादी काङ्रेस र जसपाका सांसदहरुको रिसोर्टमा बास

गण्डकी प्रदेशमा सरकार परिवर्तनको खेल, माओवादी काङ्रेस र जसपाका सांसदहरुको रिसोर्टमा बास

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १४, २०७८ मंगलवार • १२:२३:४७ बजे
  • 1.3K
    SHARES
  • गण्डकी प्रदेशमा सरकार परिवर्तनको खेल, माओवादी काङ्रेस र जसपाका सांसदहरुको रिसोर्टमा बास

    पोखरा- मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका दल कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीले आफ्नै सांसदमाथि अविश्वास गरी एउटै होटलमा राखेका छन् । पोखरा लेकसाइडको कुटी रिसोर्टमा सोमबार २५ सांसद बास बसेका हुन् । अन्नपुष्टबाट साभार

    images

    ‘सरसल्लाह गर्न सजिलो हुन्छ भनेर सबै एकै ठाउँमा बसेका हौं,’ कांग्रेसका एक सांसदले भने । उनकै भनाइमा फ्लोर क्रस गर्लान् भन्ने डरले सांसदलाई एकै ठाउँ राखिएको हो । भारतमा सरकार फेरबदल हुने बेला सांसदलाई अर्कातिर जान नदिन होटलमा लगेर सांसद थुनिएका समाचार सुनिएका थिए, तर गण्डकीमा विपक्षी दलहरुले त्यस्तै प्रवृत्ति देखाएका छन् । 

    कांग्रेस, माओवादी एउटै कुटी रिसोर्ट र जसपाका नजिकैको अर्का होटलमा बसेको स्रोतले उल्लेख गरेको छ । तर, अविश्वास प्रस्तावमा साथ दिने बताएको जनमोर्चाका ३ सांसद भने त्यो मोर्चाबन्दीमा लागेर होटल गएनन् । 

    यद्यपि राजमोले अविश्वास प्रस्तावमै मतदान गर्ने उक्त पार्टीको केन्द्र कमिटीले बताएको छ । २ वैशाखमा दर्ता भएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव सोमबार प्रदेश सभामा सोमबार टेबुल भएको छ । प्रदेश सभाको विशेष अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबुल गरेका थिए ।  

    प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका ३ दलले वैशाख २ मा गुरुङ सरकारविरुद्ध प्रदेशसभा सचिवालयमा उक्त प्रस्ताव दर्ता गराएका थिए । विपक्षीहरुले अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीसँगै मुख्यमन्त्री गुरुङले अधिवेशन अन्त्य गरेका थिए । लगत्तै अरु दलहरुले प्रदेश सभाको विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष समावेदन दिएका थिए ।  सोही माग अनुसार शेरचनले १३ वैशाखमा अधिवेशन आह्वान गरेका हुन् । 

    वैशाख २ गते संसद सचिवालयमा दर्ता अविश्वास प्रस्तावमा २८ सांसदले हस्ताक्षर गरेका छन्। कांग्रेसका १५, माओवादीका ११ र जनता समाजवादी पार्टीका २ सांसदले हस्ताक्षर गरेका हुन् । १२ सांसद रहेको माओवादीबाट १ जनचाहिँ सभामुख छन् । 

    राष्ट्रिय जनमोर्चाका गण्डकीका सांसद गुरुङ सरकारको पक्षमा भएपनि पार्टी केन्द्रीय कमिटीले भने अविश्वासको प्रस्तावमा मतदान गर्न निर्देशन दिइसकेको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन् । 

    २७ मध्ये १ जना माधव नेपाल समूहका छन् । उनले कर्णालीमा जसरी नै फ्लोर क्रस गर्लान्नगर्लान् भन्ने यकिन छैन । एमालेकै समर्थनमा सांसद भएका मनाङका राजीव गुरुङ उर्फ दीपक मनाङेले सोमबार आफूलाई स्वतन्त्रकै हैसियत प्रदान गर्न प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएका छन् । 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology