Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

काङ्रेस कास्कीले वीपी कोइरालाको ३८ औं स्मृति दिवसमा वृक्षरोपण ,राहत वितरण, रक्तदान गरी मनायो

काङ्रेस कास्कीले वीपी कोइरालाको ३८ औं स्मृति दिवसमा वृक्षरोपण ,राहत वितरण, रक्तदान गरी मनायो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ६, २०७७ मंगलवार • १५:४४:०३ बजे
  • 2.1K
    SHARES
  • काङ्रेस कास्कीले वीपी कोइरालाको ३८ औं स्मृति दिवसमा वृक्षरोपण ,राहत वितरण,  रक्तदान गरी मनायो
    नेपाली काँग्रेसका संस्थापक वीपी कोइरालाको ३८ औं स्मृति दिवसमा कास्की पार्टीले बिबिध आर्यक्रम गरी मनएको छ ।

    कास्कीमा मङ्गलबार स्मृति दिवसको अवसर पारेर वृक्षरोपण, राहत वितरण, बिरुवा गोडमेल, रक्तदान, दिप प्रज्ज्वलन जस्ता कार्यक्रम गरिएको कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।

    कास्की काँग्रेसले पोखरा २६ पैतेडाडाका ७८ परिवारलाई नगद १८ हजारसहित २० बोरा चालम, दाल, नुन, सिलिण्डर ग्यास सहयोग गरेको छ ।पहिरो पीडित परिवार बसिरहेको पोखरा २६ स्थित अमरज्योती आधारभूत विद्यालयमा कार्यक्रम गरी सहयोग हस्तान्तरण गरिएको थियो ।त्यस्तै, पहिरोमा परी मृत्यु भएका दुर्गा विकको परिवारलाई नगद आठ हजार एक सय र भुवन कुना, भज्याङ, अर्घाैबेसी, आरुपाटा, डाडाकोनाकका पहिरो पीडित १० परिवारलाई राहत प्रदान गरिएको छ ।

    कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री यज्ञबहादुर थापाले पीडित परिवारलाई जुनसुकै सहयोग गर्न पनि काँग्रेस तयार रहेको बताए । कास्की काँग्रेसका सभापति कृष्ण केसीले पहिरोपछि विस्थापित परिवारको व्यवस्थापनका लागि काँग्रेसले पहल गरिरहेको बताए ।

    कार्यक्रममा नेपाल महिला संघ कास्कीकी सभापति कोपिला रानाभाट, नेपाली काँग्रेस महासमिति सदस्य गिरिराज गौतम, नेपाल ट्रेड युनियन काँग्रेस गण्डकी अध्यक्ष मुरारी शर्मा, पोखरा २६ का वडाध्यक्ष नारायणप्रसाद बराल, पीडित परिवारकोतर्फबाट पवित्रा विक र गोविन्द परियारले बोलेका थिए ।

    नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा २६ का सभापति कृष्णमोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कास्की जिल्ला सदस्य राजेन्द्रमणि लामिछानेले स्वागत र वडा कार्यसमिति सचिव चिनिया थापाले सञ्चालन गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology