Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादी केन्द्रका सबै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य

माओवादी केन्द्रका सबै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १५, २०७८ बुधवार • ०९:३४:०२ बजे
  • 856
    SHARES
  • माओवादी केन्द्रका सबै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो सबै समितिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ । स्थायी कमिटीको मंगलबार बसेको बैठकले आसन्न केन्द्रीय समितिमा पेस गर्ने गरी पास गरेको अन्तरिम विधानअनुसार केन्द्रीय समितिदेखि सबै समितिमा ३५ प्रतिशत महिला अनिवार्य हुनुपर्नेछ । यो तत्काल लागू हुनेछ ।

    images

    पार्टीको सबै समितिको पदाधिकारीमा एकजना महिला अनिवार्य गरिएको नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । उनका अनुसार पार्टीका सबै समितिमा ४० वर्षसम्मका युवाहरु कम्तीमा २० प्रतिशत राख्नुपर्नेछ ।

    दलित समुदायबाट केन्द्रीय समितिमा कम्तिमा १५ प्रतिशत र प्रदेश, जिल्ला र पालिका कमिटीमा त्यहाँ रहेको जनसंख्याको प्रतिशतमा २ प्रतिशत थपेर अनिवार्य प्रतिनिधित्व गराइनेछ ।

    केन्द्रीय समिति बढीमा २९९ सदस्यीय बनाइनेछ भने केन्द्रमा अध्यक्षका साथै उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहेको पदाधिकारी टिम बन्नेछ ।

    बैठकले पार्टी समिति वा नेतृत्व निर्माण प्रक्रिया के हुन्छ ? निर्वाचन, पार्टी कार्यकर्ताको मूल्यांकनलाई कसरी जोड्ने ? कार्यकारी पदमा उमेर हद राख्ने कि नराख्ने ? बहस खुला गरेको छ । जिल्ला कमिटीहरुलाई समन्वय समितिको रुपमा अगाडि बढाउने, सामूहिक उत्पादनबारे पनि बहस अगाडि बढाइनेछ ।

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology