आश तमु पोखरा - उज्यालो नेटवर्क अनलाइनका पत्रकारहरूलाई अविलम्ब रिहा गर्न नेपाली जनप्रगतिशील मन्चले माग गरेको छ। पाटन उच्च अदालतले शुक्रबार समाचारको विषयमा सत्यतथ्य टुंगो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नु नगराउनु भनि पत्रकार तामाङ सहितका निवेदकको मुद्दामा आदेश दिइसकेको र त्यस अनलाइनमा प्रकाशित समाचारको विषयलाई प्रेस काउन्सिल नेपालले समेत आफनो क्षेत्राधिकार भित्र रही निरुपण गरिसकेको अवस्थामा अदालतको आदेशको अबज्ञा गर्दै राजनीतिक प्रतिशोधका कारण पत्रकारद्धबलाई गिरफतार गर्नुले लोकतान्त्रिक विधि र प्रक्रिया मात्र होइन संविधान, कानुन र व्यवस्थामाथिकै ठाडो हस्तक्षेप भएको मन्चको ठहर छ।
प्रेस सेन्टर, युएईका पूर्व अध्यक्ष तथा नेपाली जनप्रतिशील मन्च युएईका पुर्व केन्द्रिय प्रवक्ता समेत रहेका अनिश तामाङ र उज्यालो नेटवर्कका महाप्रबन्धक दुर्गालाल तामाङलाई बसुन्धाराबाट मिति २०७८ वैशाख १२ गते आइतबार नेपाल प्रहरीले कार्यालयमै प्रवेश गरी गिरफतार गरी बन्धक बनाएर राखेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको मञ्चले जनाएको छ ।
प्रेस काउन्सिलले गरेको निर्णयबाहिर गएर र अदालतको आदेशलाई ठाडो उल्लंघन गरेर आतंकित पारेको नेपाली जनप्रगतिशील मन्च, ओमनका अध्यक्ष उमेश बिकले बताए।
प्रहरीले कार्यकारी सम्पादक तामाङ र महा-प्रबन्धक लामालाई विद्युतीय कारोबार ऐन र राज्यविरूद्ध कसुरसम्बन्धी मुद्दामा कसुरमा आइतबार पक्राउ गरेको थियो।
उक्त अनलाइनले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलबीच सम्झौता भएको भन्दै समाचार छापेको थियो। उक्त समाचार पुष्टि नभएपछि उक्त अनलाइनले क्षमासमेत मागेको थियो।
मितिः २७ अप्रिल २०२१
संयुक्त प्रेस विज्ञप्ति
उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक, प्रेस सेन्टर, युएईका पूर्व अध्यक्ष तथा नेपाली जनप्रतिशील मन्च युएईका पुर्व केन्द्रिय प्रवक्ता अनिश तामाङलाई उज्यालो नेटवर्क अनलाईनको कार्यालयबाटै र उज्यालो नेटवर्कका महाप्रबन्धक दुर्गालाल तामाङलाई बसुन्धाराबाट मिति २०७८ वैशाख १२ गते आइतबार नेपाल प्रहरीले कार्यालयमै प्रवेश गरी गिरफतार गरी बन्धक बनाएर राखेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
पाटन उच्च अदालतले शुक्रबार समाचारको विषयमा सत्यतथ्य टुंगो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नु नगराउनु भनि पत्रकार तामाङ सहितका निवेदकको मुद्दामा आदेश दिइसकेको र त्यस अनलाइनमा प्रकाशित समाचारको विषयलाई प्रेस काउन्सिल नेपालले समेत आफनो क्षेत्राधिकार भित्र रही निरुपण गरिसकेको अवस्थामा अदालतको आदेशको अबज्ञा गर्दै राजनीतिक प्रतिशोधका कारण पत्रकारद्धबलाई गिरफतार गर्नुले लोकतान्त्रिक विधि र प्रक्रिया मात्र होइन संविधान, कानुन र व्यवस्थामाथिकै ठाडो हस्तक्षेप भएको मन्चको ठहर छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अपारदर्शी ढंगले भारतीय खुफिया एजेन्सीका प्रमुखसंग गोप्य रुपमा भेटघाट गरेको र तत्पश्चात आमजनमानसमा भारतसँग राष्ट्रविरोधी सम्झौता भएकि भन्ने आशंका पैदा गरेको देखिन्छ, उक्त विषयमा प्रष्ट पार्नुको सट्टा पत्रकारहरुमाथि नै बर्बरतापुर्वक प्रहरी प्रशासनको प्रयोग गरी धरपकड र गिरफतार गर्नुले ओली सरकारले प्रेस स्वतन्त्रतामाथि नाङ्गो हस्तक्षेप गरेकोमा हामी स्पष्ट छौ ।
सरकारको देशविरोधी, गैरकानुनी र स्वेच्छाचारी कामको भन्डाफोर गर्दै आमजनतालाई सु-सुचित गराउनु पत्रकारको धर्म हो। सन्चार माध्यममा प्रकाशित समाचारका विषयमा चित्तननुझे, त्यसप्रति असन्तुष्टी जनाउने त्यसका निश्चित विधि र प्रक्रियाहरु छन् ।
त्यसलाई बेवास्ता गर्दै सञ्चारगृहमै प्रहरी प्रवेश गरेर पत्रकारहरुलाई धरपकड र गिरफतार गर्ने कार्य प्रेस स्वतन्त्रता र देशको संविधान र कानुनमाथिकै उपहास हो । तसर्थ, प्रेस स्वतन्त्रताको पूर्णरुपमा सम्मान र देशको कानुनको पालना गर्दै पक्राउ परेका पत्रकार अनिश तामाङ र दुर्गालाल तामाङलाई तत्काल निःशर्त रिहाइ गर्न र यस्ता अबैधानिक र स्वेच्छाचारी कार्यहरु तत्काल बन्द गर्न हामी नेपाल सरकार र त्यस मातहतका सबै निकायको ध्यानाकर्षण गराउँदछौ । साथै सम्पुर्ण न्यायप्रेमी जनसमुदायहरुलाई ओली सरकारले देखाएको रवैयाप्रति खुलेर प्रतिकारमा उत्रिन आह्वान समेत गर्दछौ ।
शिवराज जैसी अध्यक्ष नेपाली जनप्रगतिशील मन्च,साउदी
उमेश बिक अध्यक्ष नेपाली जनप्रगतिशील मन्च, ओमन
मन बहादुर भुजेल मगर अध्यक्ष नेपाली जनप्रगतिशील मन्च,कुवेत
भीहन कार्की सचिव नेपाली जनप्रगतिशील मन्च, कतार
अतिरुद्व सुबेदी अध्यक्ष नेपाली जनप्रगतिशील मन्च, ईजरायल
बाबुराम विश्वकर्मा अध्यक्ष नेपाली जनप्रगतिशील मन्च, युएई

