Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गण्डकी प्रदेशका तीनजना सांसद र एकजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशका तीनजना सांसद र एकजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १५, २०७८ बुधवार • ११:०५:४४ बजे
  • 2.0K
    SHARES
  • गण्डकी प्रदेशका तीनजना सांसद र एकजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

    पोखरा - गण्डकी प्रदेशका तीनजना सांसद र एकजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश प्रयोगशालाका अनुसार एमाले सांसद राजीव पहारी, प्रभा कोईराला र नेपाली कांग्रेसकी सांसद मनकुमारी गुरुङ र कर्मचारी सुश्मा गुरुङलाई कोरोना पोजेटिभ देखिएको हो ।

    images

    प्रयोगशालाका अनुसार मंगलवार स्वाब संकलन गरिएका १ सय ५३ मध्ये ४ जनालाई पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएका राजीव पहारीले मंगलवारको प्रदेशसभा बैठकमा सांसदहरुको पिसिआर परीक्षणको माग गरेका थिए । उनको माग बमोजिम प्रदेशसभाको बैठक स्थगित गरेर आज १ बजेका लागि डाकिएको छ ।

    गण्डकी प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिमा सहमति भए अनुसार अब तीन जना सांसदले संसदमा बोल्न पाउने छैनन् । तर उनीहरुले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध ल्याईएको अविश्वास प्रस्तावको पक्ष वा विपक्षमा मतदान गर्न भने पाउने छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology