Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बालुवाटार बैठकमा सहभागी भएका एमाले नेतामा कोरोना पुष्टि

बालुवाटार बैठकमा सहभागी भएका एमाले नेतामा कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १५, २०७८ बुधवार • ११:२६:०४ बजे
  • 1.2K
    SHARES
  • बालुवाटार बैठकमा सहभागी भएका एमाले नेतामा कोरोना पुष्टि

    काठमाडौं । नेकपा एमालेका नेताहरु टोपबहादुर रायमाझी, विष्णु रिजाल र खिमलाल भट्टराईलाई कोरोना संक्रमण भएको छ । रायमाझी एमालेको स्थायी समिति सदस्य तथा ऊर्जा एवम् सिंचाइ मन्त्री हुन् भने रिजाल केन्द्रीय सदस्य हुन् । त्यसैगरी भट्टराई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभातर्फका मुख्य सचेतक हुन् ।

    images

    रिजाल र भट्टराई गत सोमबार अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको एमाले १० औं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा सहभागी थिए ।

    नेता भट्टराइले सोमबारको बालुवाटार बैठकमा आफू सहभागी भएको बताए । बैठकमा म पनि सहभागी भएको हुँ तर, पछिल्तिर बसेको थिएँ ।

    रायमाझी र भट्टराइले सोमबार बिहान कोरोनाको पीसीआर परीक्षण गराएका थिए । उनीहरुको सोही दिन साँझ पोजेटिभ रिपोर्ट आएको थियो । रायमाझी वीरेन्द्र सैनिक अस्पतालमा भर्ना भएका छन् भने रिजाल र भट्टराई होम आइसोलेसनमा बसेको उनीहरुले जनाएका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology