Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मतदान अगाडि नै राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मतदान अगाडि नै राजीनामा दिने !

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मतदान अगाडि नै राजीनामा दिने !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १५, २०७८ बुधवार • १४:४१:०० बजे
  • 18.4K
    SHARES
  • गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मतदान अगाडि नै राजीनामा दिने !

    पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मतदान अगाडि नै राजीनामा दिने तयारी गरेको बताएको छ । यससँगै एमालेभित्रको असन्तुष्टि र माओवादी ओलीसँग अलग भएपछि सत्ताच्यूत हुने पहिलो प्रादेशिक सरकार गण्डकी सरकार बन्ने भएको छ ।

    images

    उनीविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्तावमाथि आज पनि केही सांसद्ले धारणा राख्ने क्रम जारी छ । सांसदले राखेका प्रश्नको जवाफ मुख्यमन्त्री गुरुङले दिएपछि अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ । यदपी सदनभित्रको समिकरणमा अल्पमतमा परेका मुख्यमन्त्री गुरुङले मतदान अगाडि नै राजीनामा दिने तयारी गरेको स्रोतले बताएको छ ।

    गण्डकी प्रदेश सभा ६० सदस्यीय छ । प्रदेशमा सरकार बनाउन ३१ मत आवश्यक छ । अहिले कांग्रेसका १५, माओवादी केन्द्रका १२, जसपाका दुई सांसद छन् । राष्ट्रिय जनमोर्चाका तीन सांसदले पनि अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने विपक्षी दलहरुले बताएका छन् । 

    एमालेभित्रको विवादको पहिलो सिकार गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ हुने भएका छन् । 

    सम्भवतः बुधबार गण्डकी प्रदेशले कांग्रेसबाट मुख्यमन्त्री पाउने भएको छ । नयाँ मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र पोखरेल नेपाली प्रस्तावित छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology