Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

शाहीको अवस्था अज्ञात

गण्डकी प्रदेश : हराएका सांसद खोज्न र जीवन रक्षाको माग गर्दै सभामुखलाई निवेदन

गण्डकी प्रदेश : हराएका सांसद खोज्न र जीवन रक्षाको माग गर्दै सभामुखलाई निवेदन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १५, २०७८ बुधवार • १७:००:०७ बजे
  • 1.4K
    SHARES
  • गण्डकी प्रदेश : हराएका सांसद खोज्न र जीवन रक्षाको माग गर्दै सभामुखलाई निवेदन

    पोखरा - गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै उक्त पार्टीकी सचेतक पियारी थापाले सभामुखलाई निवेदन दिएकी छन् । शाहीको जीवन रक्षा गर्न र अवस्था सार्वजनिक नभएसम्म सदनको कारबाही अगाडि नबढाउन भन्दै थापाले सभामुख नेत्रनाथ अधिकारीलाई निवेदन दिएको कान्तिपुरलाई बताइन् ।

    images

    'उहाँको अवस्था अज्ञात छ । फोन पनि उठेको छैन । कोठामा पनि ताला लगाइएको छ,' सचेतक थापाले भनिन्, 'उहाँका स्वकीय सचिवलाई पनि फोन गरेर बुझेको थिए । स्वकीय सचिवले हिजो दिउँसोदेखि सम्पर्क हुन सकेको छैन भन्ने जानकारी दिएका छन् ।

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव आएको र त्यसको विपक्षमा पार्टीले मतदान गर्ने निर्णय गरेको अवस्थामा प्रदेश सभा सदस्यको अवस्था अज्ञात हुनु शंकास्पद रहेको थापाले बताइन् । 'सभामुखलाई माननीय शाहीको अवस्था सार्वजनिक नहुन्जेलसम्म सदनको कारबाही रोक्नेबारे र उहाँको जीवन रक्षा गर्नका साथै अवस्था सार्वजनिक गर्न माग गर्दै निवेदन दर्ता गराएकी छुँ,' उनले भनिन् ।

    मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावको अगुवाइ गरेका माओवादी केन्द्रका प्रदेश सभा सदस्य हरिबहादुर चुमानले मंगलबार कोरोना परीक्षणका लागि स्वाब दिने बेलासम्म सकुशल रहेका शाहीको अवस्था अज्ञात हुनु शंकास्पद रहेको बताए । उनले शाहीको अवस्था सार्वजनिक गर्न र उनलाई के भएको थियो भन्नेबारे छानबिन गर्न माग गरेका छन् ।

    gandaki-2842021125640-1000x0.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology