Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सांसद शाहीको अवस्था अज्ञात भएपछि गण्डकी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित

सांसद शाहीको अवस्था अज्ञात भएपछि गण्डकी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १५, २०७८ बुधवार • १७:१९:२१ बजे
  • 1.3K
    SHARES
  • सांसद शाहीको अवस्था अज्ञात भएपछि  गण्डकी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित

    पोखरा -जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीको अवस्था अज्ञात रहेको भनेर उक्त पार्टीको सचेतक पियारी थापाले सभामुख नेत्रनाथ अधिकारीलाई जीवन रक्षाको माग गर्दै निवेदन दिएपछि प्रदेश सभाको कारबाही अनिश्चितकाल लागि स्थगित गरिएको छ । 

    images

    प्रदेश सभा सचिव हरिराज पोखरेलले सूचना जारी गर्दै प्रदेश सभाको कारबाही अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।

    शाहीको जीवन रक्षा गर्न र अवस्था सार्वजनिक नभएसम्म सदनको कारबाही अगाडि नबढाउन भन्दै थापाले निवेदन दिएकी थिइन् ।

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव आएको थियो । उक्त प्रस्तावमा बुधबार मत विभाजन हुने कार्यसूची थियो ।

  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेशसभा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology