Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भागदौड हुँदा इजरायलमा ३८ जनाको ज्यान गयो

भागदौड हुँदा इजरायलमा ३८ जनाको ज्यान गयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १७, २०७८ शुक्रवार • ११:३६:१८ बजे
  • 1.1K
    SHARES
  • भागदौड हुँदा  इजरायलमा  ३८ जनाको ज्यान गयो

    एजेन्सी । इजरायलमा पर्व मनाउने क्रममा भागदौड हुँदा कम्तीमा ३८ जनाको ज्यान गएको छ । माउन्ट मेरोनको फेदीमा हासिडिक यहुदी पर्वका बेला भएको भागदौडमा उनीहरुको ज्यान गएको बीबीसीले जनाएको छ ।

    images

    पर्वमा दशौँ हजार मानिस यहुदी पर्व मनाउन भेला भएका थिए । घटनास्थलमा घाइतेहरुको उद्धार र उपचार भइरहेको तर धेरै भीड भएकाले उद्धार कार्यमा कठिनाइ भएको उद्धारकर्मीहरुले बताएका खबरमा उल्लेख छ ।

    वार्षिक रुपमा हुँदै आएको पर्व मेला गएको वर्ष कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण रोकिएको थियो । यस वर्ष अत्याधिक भीडभाड रहेकाले कोरोना सङ्क्रमण थप फैलने जोखिम समेत बढेको छ

  • सम्बन्धित विषय:

  • # इजरायल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology