Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतमा कोरोना सङ्क्रमणबाट एकैदिन ३६ सयभन्दा धेरैको मृत्यु

भारतमा कोरोना सङ्क्रमणबाट एकैदिन ३६ सयभन्दा धेरैको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १७, २०७८ शुक्रवार • ११:४१:३१ बजे
  • 2.0K
    SHARES
  • भारतमा कोरोना सङ्क्रमणबाट एकैदिन ३६ सयभन्दा धेरैको मृत्यु

    भारतमा कोरोना सङ्क्रमणबाट एकैदिन ३६ सयभन्दा धेरैको ज्यान गएको छ । यूके भेरियन्ट र भारतमै देखिएको नयाँ भेरियन्टसहित कोरोना महामारीको दोस्रो लहर खेपिरहेको भारतमा पछिल्लो २४ घण्टामै ३६ सयभन्दा धेरैको ज्यान गएको केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    images

    यस्तै एकैदिन तीन लाख ८६ हजार आठ सयभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एकैदिन सङ्क्रमण पुष्टि र ज्यान गुमाउनेको सङ्ख्या यो अहिलेसम्मकै धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सङ्क्रमण पुष्टि हुने क्रमसँगै अस्पतालमा भर्ना हुने दर पनि बढेकाले अस्पतालमा बेड, अक्सिजन तथा भेन्टिलेटरको चरम अभाव भइरहेको छ ।

    यसैबीच ब्राजिलमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २८ सय ४३ जनासहित ब्राजिलमा अहिलेसम्म चार लाख एक हजार एक सय ८६ जनाको ज्यान गएको हो । भारतपछि ब्राजिलमा पनि महामारीको सङ्कट उत्कर्षमा रहेको छ ।

    विश्वमा अहिलेसम्म १५ करोड १० लाख जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ भने ३१ लाख ७७ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । १२ करोड ८४ लाखभन्दा धेरै निको भएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology