Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कम्युनिष्ट पार्टी फेरि पुर्नगठित भएर आउँछ : अध्यक्ष प्रचण्ड

कम्युनिष्ट पार्टी फेरि पुर्नगठित भएर आउँछ : अध्यक्ष प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १७, २०७८ शुक्रवार • ११:४५:११ बजे
  • 3.2K
    SHARES
  • कम्युनिष्ट पार्टी फेरि पुर्नगठित भएर आउँछ : अध्यक्ष प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिष्ट पार्टी फेरि पुर्नगठित भएर आउने दावी गरेका छन्। हिमालयन टेलिभिजनको यक्ष प्रश्न कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टी फेरि शक्तिशाली भएर आउने बताएका हुन्।

    images

    नेपालमा कम्युनिष्ट आन्दोलन कहिल्यै नसिद्धिने उनले बताए। प्रचण्डले केही प्रतिक्रियावादीहरुले कम्युनिष्ट आन्दोलन समाप्त पार्न खोजेको आरोप लगाए। देशमा स्थायीत्व, समाजिक प्रगति र समृद्धिको लागि कम्युनिष्ट एकता आवश्यक रहेको भन्दै केपी ओलीसँग पार्टी एकता गर्न आफै प्रस्तावक भएर गठबन्धन र पार्टी एकताको प्रस्ताव लिएर गएको बताए। प्रचण्डले भने।

    अहिले पार्टी विभाजन भयो विभिन्न कारणले तर मलाई कुनै पश्चाताप छैन, मलाई गर्व छ मैले राष्ट्रको पक्षमा, आन्दोलनको पक्षमा, शान्ति र समृद्धिको पक्षमा, एकचोटी फेरि ठूलो कदम चालेको हो पार्टी एकताका लागि भन्नेमा गर्व छ अहिले पनि।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology