Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कोरोना नियन्त्रण गर्न जनार्दन शर्माका ६ सुझाव

कोरोना नियन्त्रण गर्न जनार्दन शर्माका ६ सुझाव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १७, २०७८ शुक्रवार • १६:३७:४७ बजे
  • 964
    SHARES
  • कोरोना नियन्त्रण गर्न जनार्दन शर्माका ६ सुझाव

    नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले कोरोना माहामारी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउँदै ६ बुँदे सुझाव दिएका छन् । पूर्वमन्त्री समेत रहेका शर्माले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा कोभिडको विश्वव्यापी महामारीसँगै नेपालमा पनि गम्भीर समस्या उत्पन्न भएकाले यसको उपचारका लागि आईसीयु,अक्सिजन र कतिपय स्थानमा डाक्टर समेतको अभाव भएर उपचारमा गम्भीर समस्या पैदा भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् ।

    images

    कोरोना माहामारी नियन्त्रणका लागि शर्माका ६ सुझाव 

    १) देश भरका सरकारी तथा नीजि सबै अस्पताल संग भएको उपचार क्षमताको आकलन गर्ने । अस्पतालका सञ्चालक तथा डाक्टरहरु संग सहकार्य गरि ७० प्रतिशत कोभिड उपचारको लागि छुट्याउने ।

    २) अक्सिजन प्लान्टहरु सुचारु गर्ने,सुचारु नभएका भए राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको सहयोगमा सञ्चालन तथा मर्मत गर्न ।

    ३) महामारीलाई ध्यान दिई अक्सिजन र सम्बन्धित औषधि सरकारले सबै जिल्ला अस्पतालमा पठाउने । सबै पालिकाहरुमा सामान्य बिरामीको अक्सिजन सहितको उपचारको व्यवस्था गर्न आवश्यक बजेट पठाउने ।

    ४) देशभर उपलब्ध डाक्टरहरुले संख्या कति छ एकिन गरि कर्णाली,सुप जस्ता दुर्गम क्षेत्र सहितका सबै आवश्यक स्थानमा व्यवस्थापन गर्ने ।

    ५) आइसियु डकुमेन्ट, अक्सिजन प्लान्ट लगायतका इक्युपमेन्टहरु हवाई मार्ग मार्फत तत्काल ल्याइ महामारी नियन्त्रणमा प्रयोग गर्ने सक्ने वातावरण बनाउने । ६) महामारीको जोखिम मोलि काम गर्ने डाक्टर लगायत जोखिमका क्षेत्रहरुमा काम गर्ने सबैका लागी १०० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने ।

  • सम्बन्धित विषय:

  • # जनार्दन शर्मा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology