गायक प्रकाश सपुतले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी गराएका छन् ।
काठमाण्डौं मेडिकल कलेजका अनुसार मेरो पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त योबीचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैजनाले पीसीआर टेस्ट गर्नु होला ।
एकदमै धेरै शरीर दुख्ने/ गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ किजस्तो एन्जाइटी फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिएँ,' उनले फेसबुकमा लेखेका छन् । अहिले उनी होम आइसोलेसनमा छन् । कोरोना जीत्न सकिन्छ भन्ने आत्मबल राखे तापनि कोरोनालाई सामान्य नठान्न उनले अनुरोधसमेत गरेका छन् । 'लक्षण सामान्य भए पनि यसले निकै हतोत्साही बनाउने रहेछ ।
सतर्कता अपनाउँ । सुरक्षित बसौं ! आसा राखौं यो माहामारी छिट्टै टरेर जानेछ । हामी जीवनको पुरानै लयमा फर्किने छौं,' उनले लेखेका छन् ।