Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रधानमन्त्री केपी ओली विरूद्धको अविश्वास प्रस्ताव

जसपाको बहुमत पक्षले प्रधानमन्त्री केपी ओली विरूद्धको अविश्वास प्रस्तावमा सहयोग गर्ने निर्णय

जसपाको बहुमत पक्षले प्रधानमन्त्री केपी ओली विरूद्धको अविश्वास प्रस्तावमा सहयोग गर्ने निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १७, २०७८ शुक्रवार • २०:५७:४७ बजे
  • 1.3K
    SHARES
  • जसपाको बहुमत पक्षले प्रधानमन्त्री केपी ओली विरूद्धको अविश्वास प्रस्तावमा सहयोग गर्ने निर्णय

    जनता समाजवादी पार्टी (जसपा) जसपाको बहुमत पक्षले प्रधानमन्त्री केपी ओली विरूद्धको अविश्वास प्रस्तावमा सहयोग गर्ने निर्णय गरेको छ । जसपाको बहुमत कार्यकारिणी सदस्यको बैठकले ओलीविरूद्धको अविश्वास प्रस्तावलाई सहयोग गर्ने निर्णय गरेको हो ।

    images

    वैशाख १४ गते बसेको बहुमत सदस्यको बैठकले लुम्बिनीमा पार्टी निर्णय विपरित जाने प्रदेश सांसदलाई निश्कासन गर्ने र ओली विरूद्धको अविश्वास प्रस्तावमा सहयोग गर्ने निर्णय गरेको जसपाका एक कार्यकारिणी सदस्यको भनाई छ । जसपाका १८ जना सांसदले अविश्वास प्रस्तावका लागि हस्ताक्षर गरेका छन्।

    कांग्रेसले सक्रियता देखाएमा यो संख्या २२ कट्ने जसपाका एक सांसदको भनाई छ । जसपामा पूर्व संघीय समाजवादी पार्टीका १७ र पूर्व राष्ट्रिय जनता पार्टीका १७ सांसद छन्। ती मध्ये दुवै पूर्व पार्टीका १—१ सांसदहरू निलम्बित छन्।

    जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये रेशम चौधरी जेलमा छन्। बहुमत सदस्यको बैठकमा २६ जनाले हस्ताक्षर गरेका छन्।

  • सम्बन्धित विषय:

  • # जसपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology