Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आन्तरिक उडान ह्वात्तै घट्यो

आन्तरिक उडान ह्वात्तै घट्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १७, २०७८ शुक्रवार • २१:२६:२६ बजे
  • 1.6K
    SHARES
  • आन्तरिक उडान ह्वात्तै घट्यो

    उपत्यकामा जारी निषेधाज्ञाको असर मुलुकको आन्तरिक हवाई उडानमा देखिएको छ । अघिल्ला दिनको तुलनामा विमानस्थलको आन्तरिक उडान ह्वात्तै घटेको छ । निषेधाज्ञाको दोस्रो दिन आज मात्रै ७७ उडान भएका विमानस्थल कार्यालयले जनाएको छ ।

    images

    विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीका अनुसार आज कूल ७७ उडान भएका छन् । बुद्ध एयरका ३५, यती एयरलाइन्सका २०, श्री एयरलाइन्सका १२, तारा एयरका चार तथा नेपाल एयरलाइन्सका चार उडान भएका छन् । बिहिबारको तुलनामाा यो सङख्या आधाभन्दा कम हो । शनिबार यो सङ्ख्या अझ घट्ने बताइएको छ । शनिबारका लागि ६५ उडान निर्धारण गरिएको महाप्रबन्धक तिवारीले बताए ।

    निषेधाज्ञा शुरु भएको पहिलो दिन बिहिबार विमानस्थलमा आन्तरिकतर्फ कूल २०८ उडानमार्फत आठ हजार २६९ यात्रुले हवाई यात्रा गरेका छन् । यीमध्ये काठमाडौंबाट पाँच हजार ४५३ हवाई यात्रु बाहिरिएका छन् भने दुई हजार ८१६ हवाई यात्रु काठमाडौं भित्रिएका विमानस्थलले जनाएको छ ।

    विमानस्थलले उपलब्ध गराएको तथ्याङ्कअनुसार बिहिबार सबैभन्दा बढी बुद्ध एयरले ९६ उडानबाट चार हजार २८ यात्रुलाई हवाई सेवा दिएको थियो । यती एयरलाइन्सले ५२ उडान गरेको थियो । ती उडानबाट दुई हजार ४५७ यात्रुलाई गन्तव्यमा पु¥याइएको छ । त्यसैगरी श्री एयरलाइन्सले एक हजार ४८४, तारा एयरले ११३, समिट एयरले ८३ र नेपाल एयरलाइन्सले १०४ यात्रुलाई सेवा दिएको विमानस्थलले जनाएको छ ।

    निषेधाज्ञाको अघिल्लो दिन सर्वाधिक १४९ उडानमार्फत १५ हजार २६३ यात्रुले सेवा लिएका थिए । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकप्टर कम्पनीसहित २० वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

  • सम्बन्धित विषय:

  • # आन्तरिक उडान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology