Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

शुभकामना

श्रमिक वर्गको हक हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा आर्थिक विकास र समृद्धि सम्भव हुँदैन :प्रचण्ड

श्रमिक वर्गको हक हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा आर्थिक विकास र समृद्धि सम्भव हुँदैन :प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १८, २०७८ शनिवार • ०९:४५:१९ बजे
  • 1.7K
    SHARES
  • श्रमिक वर्गको हक हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा आर्थिक विकास र समृद्धि सम्भव हुँदैन :प्रचण्ड

    आज मे १ तारिख । अन्तर्राष्ट्रिय श्रमिक दिवस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसै अवसरमा श्रमजीवि जनसमुदायलाई शुभकामना दिएका छन । प्रचण्डको सन्देशमा भनिएको छ, ‘स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुक्तिकामी श्रमजीवि जनसमुदायमा सु–स्वास्थ्य र प्रगतिको अपेक्षा सहित शुभकामना व्यक्त गर्दछु ।

    images

    सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टे कार्यदिनको लागि गरिएको आन्दोलनको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष आजकै दिन अर्थात मई १ मा विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइने सन्दर्भको स्मरण गर्दै प्रचण्डले शुभकामना ब्यक्त गरेका छन । सन्देशमा भनिएको छ, ‘नेपालमा वि.स. २००३ सालमा विराटनगर जुट मिलबाट सुरु भएको श्रमिक आन्दोलन, विभिन्न कालखण्डका सशस्त्र र शान्तिपूर्ण जन–आन्दोलनहरुमा श्रमजीवि मजदूर किसान जनसमुदायको बलिदानीपूर्ण संघर्षका कारण नै हामी समाजवादी लक्ष्य तर्फ लामवद्ध हुन आइपुगेका हौं ।

    श्रमजीवी वर्ग, राज्यको बहुआयामिक विकासका मुख्य आधार भएको भन्दै प्रचण्डले भनेका छन, ‘श्रमिक वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा आर्थिक विकास र समृद्धि सम्भव हुँदैन । यसैकारण संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा श्रमिक वर्गको हित र अधिकारलाई प्रत्याभूति गरिएको हो । तर, श्रमजीवि वर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीमाथि अहिले सरकारबाट नै निरन्तर प्रहार भइरहेको छ ।’ सम्पूर्ण श्रमजीविहरुको एकता अहिलेको अवस्थामा अपरिहार्य बनेको भन्दै प्रचण्डले आफ्नो शुभकामना सन्देशमा भनेका छन, ‘पश्चगामी र परिवर्तन विरोधी तत्वहरु श्रमजीवि जनताका अधिकार खोस्न उद्यत देखिएकाले प्राप्त उपलब्धीको रक्षाका लागि एकतावद्ध भएर प्रतिवाद गर्नु अहिलेको आवश्यकता हो ।

    कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको महामारीका कारण भएको निषेधाज्ञाले रोजगार गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवि वर्ग गम्भीर समस्यामा परेको प्रचण्डले बताएका छन । श्रमजीवि जनताको दैनिक गुजाराबारे चिन्ता ब्यक्त गर्दै उचित ब्यवस्थापनका लागि प्रचण्डले सरकारसंग माग गरेका छन । उनले भनेका छन, ‘श्रमजीविहरुका लागि उचित राहतसहित खाद्यान्न लगायत वैकल्पिक व्यवस्थापन गर्न म सरकारसँग जोडदार माग गर्दछु ।’ सबै राजनीतिक कायकर्ता र समाजसेवीहरुलाई पनि खुला हृदयका साथ समस्यामा परेका रोजगार विहिन श्रमिकहरुका लागि सहयोगी हात बढाउन प्रचण्डले अपिल गरेका छन ।

     

    श्रमिक दिवसको अवसरमा कोरोना महामारीको संक्रमणबाट सुरक्षित हुनका लागि सावधानी र चेतना अभिवृद्धि गर्न श्रमिक वर्गलाई नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्डले अपिल पनि गरेका छन ।

    Suvakamana_.jpg

     

  • सम्बन्धित विषय:

  • # शुभकामना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology