Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मुख्यमन्त्री शाहीद्वारा प्रदेश अस्पताल अनुगमन

मुख्यमन्त्री शाहीद्वारा प्रदेश अस्पताल अनुगमन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १८, २०७८ शनिवार • १०:०४:०० बजे
  • 4.6K
    SHARES
  • मुख्यमन्त्री शाहीद्वारा प्रदेश अस्पताल अनुगमन

    कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश अस्पतालको छड्के अनुगमन तथा निरीक्षण गरेका छन् । सामाजिक विकास मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री शाहीले शुक्रबार साँझ प्रदेश अस्पताल सुर्खेतको अनुगमन गरेका हुन् ।

    images

    कर्णालीमा पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएपछि उनले अस्पताल पुगेर बिरामीहरूको उपचार अवस्थाबारे जानकारी लिएका हुन् । आर्थिक मामिला तथा योजना मन्त्री बिमला केसीसहित अस्पताल पुग्नुभएका मुख्यमन्त्री शाहीले कोरोना सङ्क्रमितहरू रहेको आइसोलेशन वार्डको निरीक्षण गरिन् ।

    अस्पतालको सेवा तथा बिरामीहरूको अवस्थाको अनुगमन तथा निरीक्षणको क्रममा उनले अस्पताल निर्देशक डा डम्बर खड्का र कोरोना सम्पर्क व्यक्ति डा केएन पौडेलसँग उपचार सेवा प्रभावबारे जानकारी लिइन् । अनुगमनपश्चात अस्पतालका निर्देशक डा खड्कासहित चिकित्सकहरूलाई उपचार सेवा प्रभावकारी बनाउन निर्देशन दिए । कोभिड उपचारका लागि अग्रभागमा रही सेवा गरिरहेका स्वास्थ्यकर्मीहरूका गुनासो एवं समस्याबारे पनि उनले जानकारी लिएका थिए ।

    स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले शुक्रबार बेलुका वीरेन्द्रनगर नगरपालिका १० सुर्खेतका ३२ वर्षीय महिलाको मृत्यु भएको जनाएको छ । योसँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।

    कर्णाली प्रदेशमा २५३ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै सङ्क्रमित हुनेको सङ्ख्या ९ हजार ३४७ पुगेको निर्देशनालयले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology