Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अफगानिस्तानको एक गेस्ट हाउसमा कार बम बिस्फोट हुँदा ३० को मृत्यु ९० भन्दाबढी घाइते

अफगानिस्तानको एक गेस्ट हाउसमा कार बम बिस्फोट हुँदा ३० को मृत्यु ९० भन्दाबढी घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १८, २०७८ शनिवार • १०:१०:५७ बजे
  • 814
    SHARES
  • अफगानिस्तानको एक गेस्ट हाउसमा कार बम बिस्फोट हुँदा ३० को मृत्यु ९० भन्दाबढी घाइते

    एजेन्सी । अफगानिस्तानको लोगार प्रान्तको एक गेस्ट हाउसमा कार बम बिस्फोट हुँदा ३० जनाको ज्यान गएको छ । लोगार प्रान्तको राजधानी पुल–ए–आलम स्थित विद्यार्थीहरु बसेकोे गेस्ट हाउस नजिकै कार बम बिस्फोट हुँदा ३० जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । मृत्यु हुनेमा केही हाइस्कूलका विद्यार्थी रहेको बताइएको छ ।

    images

    बिस्फोटमा ९० जना भन्दा धेरै घाइते भएका छन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । इस्लामिकहरुको पवित्र महिना रमादान चलिरहेका बेला बिस्फोट भएको हो ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो सेप्टेम्बर ११ सम्ममा आफ्ना सैनिक फिर्ता बोलाउने घोषणा गरेसँगै अफगानिस्तानमा हिंसाका घटनाहरु बढेका छन् ।

  • सम्बन्धित विषय:

  • # अफगानिस्तान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology