लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आज राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ।
प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी परिस्थिती फरक भएकाले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्न पोखरेलले राजीनामा दिएको बताइएको छ।
मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेश सभामा आजबाट छलफल सुरू हुन लागेको थियो।