पोखरा - एमाले वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ। खनाललाई संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।
कोरोना पोजेटिभ आएपछि थप उपचारको लागि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।
कोरोनाको सामान्य लक्षण देखिएको स्वकीय सचिव भट्टराईले बताए । अहिले खनाललाई अक्सिजनको सामान्य सपोर्टमा राखिएको अस्पतालले जनाएको छ ।