Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

विमला वली माओवादीमा प्रवेश ,शंकर पोखरेलको बहुमत गुम्यो

विमला वली माओवादीमा प्रवेश ,शंकर पोखरेलको बहुमत गुम्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १९, २०७८ आइतवार • १४:२२:०७ बजे
  • 1.5K
    SHARES
  • विमला वली माओवादीमा प्रवेश ,शंकर पोखरेलको बहुमत गुम्यो

    लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीका लागि प्रस्तावित शंकर पोखरेलको बहुमत गुमेको छ । सांसद विमला वली माओवादीमा प्रवेश गरेसँगै पोखरेलको बहुमत गुगेको हो । दाङबाट प्रदेशसभा ३ (ख)बाट वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई ५ हजार १ सय ४ मतअन्तरले पराजित गर्दै उनी प्रदेशसभा सदस्यमा विजयी भएकी थिइन् ।

    images

    माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो । तर वलीले माओवादी कित्तामा जाने निर्णय गरेपछि मुख्यमन्त्री पोखरेलले बहुमत गुम्ने ठहर गर्दै राजीनामा दिएको बुझिएको छ ।

    यसैबीच माओवादीले विमला वली पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेश सभालाई जानकारी गराइसकेको एक नेताले बताए । वली स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी पत्नी हुन्। सवारी दुर्घटनामा उनको निधन भएपछि भएको उपनिर्वाचनमा वली विजयी भएकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology