नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेल फेरि मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयले पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेको जनाएको छ ।
पोखरेललाई एमालेको एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरिएको हो । पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरिएको छ ।