Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

बलिउडका केही स्टार आफ्नो पारिश्रमिक घटाउन तयार

बलिउडका केही स्टार आफ्नो पारिश्रमिक घटाउन तयार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ६, २०७७ शनिवार • १२:०१:४३ बजे
  • 1.5K
    SHARES
  • बलिउडका केही स्टार आफ्नो पारिश्रमिक घटाउन तयार

    कोरोना भाइरसका कारण साढे २ महिनादेखि बलिउडको काम ठप्प छ । धेरै फिल्म सुटिङ र रिलिज अड्किएको छ । जसले गर्दा फिल्मको बजेट पनि प्रभावित भएको छ ।

    images

    फिल्म समीक्षकका अनुसार बलिउडलाई ३ हजारदेखि ४ हजार करोड रुपैयाँको नोक्सान हुनेछ । यो संकटकालमा फिल्म निर्देशकको आर्थिक स्थिति हेरेर बलिउडका केही स्टार आफ्नो पारिश्रमिक घटाउन तयार भएका छन् ।

    एक अन्तर्वार्तामा माधुरी दीक्षितले भनेकी छिन्, ‘हामीले निर्मातालाई सपोर्ट गर्ने बेला आएको छ । हामी सबै ठीक तरिकाले काम होस् भन्न चाहन्छौँ । त्यसैले हामीले आफ्नो पारिश्रमिक घटाउन जरुरी छ ।’बलिउडका अभिनेता कार्तिक आर्यनले पनि पारिश्रमिक घटाउन इच्छा व्यक्त गरेका छन् ।

    ‘सान्डकी आँख’ अभिनेत्री तापसी पन्नूले पनि पारिश्रमिक घटाउने बताएकी छिन् । उनले भनिन्, ‘अहिले कुनै पनि सुटिङ भइरहेको छैन । त्यसैले तबल पनि पाइएको छैन । काम सुरू भएपछि पारिश्रमिक घटाउनु पर्‍यो भने म पनि तयार छु ।’ यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा विस्तृतमा छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology