Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

तिज गीतलाई लिएर भौतिक आक्रमण गर्ने धम्की आएको भन्दै सोफियाले प्रहरीमा दिइन् उजुरी

तिज गीतलाई लिएर भौतिक आक्रमण गर्ने धम्की आएको भन्दै सोफियाले प्रहरीमा दिइन् उजुरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ६, २०७७ मंगलवार • १९:५९:०५ बजे
  • 1.9K
    SHARES
  • तिज गीतलाई लिएर भौतिक आक्रमण गर्ने धम्की आएको भन्दै सोफियाले प्रहरीमा दिइन् उजुरी

    विभिन्न व्यक्तिहरुबाट आफूलाई फोन र म्यासेजमा धम्की आइरहेको थापाले  बताइन् । गीत नहटाएमा भौतिक आक्रमण गर्ने चेतावनीसमेत आएपछि आफूले बुटबल र काठमाडौं प्रहरीमा लिखित उजुरी दिएको उनले जानकारी दिइन् ।

    images

    ‘हिजो गीत अपलोड भएदेखि नै लगातार चेतावनी र धम्की आइरहेको छ । हिन्दूवादीहरु संगठितरुपमा नै ममाथि खनिएका छन् । मैले आफ्नो ज्यानको सुरक्षा गरिपाउँ भन्दै उजुरी दिएको छु,’ थापाले भनिन् ।

    सोफियाले ‘यसपालीको तिज, नो व्रत प्लिज…’ बोलको गीत आफ्नै रचना र संगीतमा गाएकी हुन् । उक्त गीतले तिजको मर्म र हिन्दू महिलाहरुको आस्थामा ठेस पु¥याएको भन्दै आलोचना भएको छ । सोफियाले चाहिँ आफूले गीतमार्फत लैंगिक चेतना जगाउने उद्देश्य मात्रै राखेको बताइन् । आफूले कुनै गल्ति नगरेको भन्दै उनले कसैको दवावमा परेर गीत यूट्यूटबाट नहटाउने अडान व्यक्त गरिन् । विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समिति नामक संगठनले विज्ञप्ति जारी गरेर सोफियालाई सो गीत हटाउन आग्रह गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology