Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

४२ सांसदको हस्ताक्षरसहित लुम्बिनीमा गठबन्धनको नयाँ सरकारमा दाबी

४२ सांसदको हस्ताक्षरसहित लुम्बिनीमा गठबन्धनको नयाँ सरकारमा दाबी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १९, २०७८ आइतवार • १७:०२:४९ बजे
  • 2.3K
    SHARES
  • ४२ सांसदको हस्ताक्षरसहित लुम्बिनीमा गठबन्धनको नयाँ सरकारमा दाबी

    बुटवल- लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि गठबन्धनले प्रदेश प्रमुखसामु दाबी पेश गरेको छ।

    images

    ४२ सांसदको हस्ताक्षरसहित गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख धर्मनाथ यादवसामू दाबी पेश गरेको हो।

    प्रदेश प्रमुख यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई एकल बहुमतका आधारमा भन्दै मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षरले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेश गरेका हुन्।

    यसमा काग्रेसका १९, माओवादीका १८, जसपाका २, जनमोर्चाका १ सहित सूर्य चिन्हबाट चुनाब लडेका २ जनाको हस्ताक्षर छ।

    सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले पनि गठबन्धनका पक्षमा हस्ताक्षर गरेका छन्।

    यसले केहीबेरअघि एकल बहुमत पुगेको भन्दै पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय विवादमा परेको छ।

  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology