Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

कोरोना संक्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको निधन

कोरोना संक्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १९, २०७८ आइतवार • १७:०८:२२ बजे
  • 547
    SHARES
  • कोरोना संक्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको निधन

    गोदावरी- कैलालीमा कोरोना भाइरसको संक्रमणबाट तत्कालीन संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ। धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत चौधरीको आइतबार मृत्यु भएको हो।

    images

    कलेजो र मिर्गौला रोगले पीडित चौधरीलाई शनिबार अस्पताल भर्ना गरिएको थियो। कोरोना परीक्षण गराउँदा उनकाे रिपोर्ट पोजेटिभ आएको थियो।

    एक्कासी स्वास्थ्यमा देखिएको गम्भीर समस्याका कारण उनको निधन भएको उनका श्रीमान् मोतीलालले बताए।

    कैलालीको लम्कीचुहा नगरपालिका ६ बागमारा निवासी ४४ वर्षीया चौधरी एमालेका तर्फबाट ०७० सालको संविधानसभा सदस्य थिइन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology