Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पर्यटन मन्त्री भानुभक्त ढकालमा कोरोना संक्रमण पुष्टि

पर्यटन मन्त्री भानुभक्त ढकालमा कोरोना संक्रमण पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १९, २०७८ आइतवार • १७:२०:५४ बजे
  • 2.1K
    SHARES
  • पर्यटन मन्त्री भानुभक्त ढकालमा कोरोना संक्रमण पुष्टि

    पोखरा - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जालमार्फत आज गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

    images

    उनले आफूसहित श्रीमतीमा पनि संक्रमण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको पनि जनाएका छन् ।

    “आज गरिएको परीक्षणबाट हामी श्रीमान्–श्रीमतीलाई कोभिड–१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ । यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ,” उनले फेसबुकमा लेखेका छन् । 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology