Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १९, २०७८ आइतवार • १८:३४:३७ बजे
  • 1.6K
    SHARES
  • प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने

    नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन्।

    images

    आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा ओलीले विश्वासको मत लिनेबारे जानकारी गराएको एक मन्त्रीले जानकारी दिए।

    सर्वोच्च अदालतले गत फागुन २३ गते निर्णय गर्दै नेकपा खारेज गरेपछि पूर्ववत फर्किएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुन: अस्तित्वमा ल्याएको थियो।

    पछिल्लो समय नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइरहेको छ भने नेपाली कांग्रेसलगायत दलहरूले अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका छन्।

    यस्तो तयारीबीच प्रधानमन्त्री ओलीले विश्वासको मत लिने गृहकार्य गरेका हुन्।

  • सम्बन्धित विषय:

  • # विश्वासको मत लिने
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology