Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अन्तर्राष्ट्रिय उडान २२ गते मध्यरातदेखि वैशाख मसान्तसम्म बन्द

अन्तर्राष्ट्रिय उडान २२ गते मध्यरातदेखि वैशाख मसान्तसम्म बन्द

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १९, २०७८ आइतवार • २०:५७:०१ बजे
  • 1.9K
    SHARES
  • अन्तर्राष्ट्रिय उडान २२ गते मध्यरातदेखि वैशाख मसान्तसम्म बन्द

    सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसअनुसार हवाई उडान बन्द गर्ने निर्णय गरेको हाे। बैठकमा सहभागी एक मन्त्रीका अनुसार आन्तरिक हवाई उडान सोमबार (भाेलि) मध्यरातिदेखि बन्द हुनेछ। त्यस्तै, अन्तर्राष्ट्रिय उडान २२ गते मध्यरातदेखि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरिएकाे छ।

    images

    शुक्रबार बसेको सीसीएमसी बैठकले भारत र ट्रकीलगायत कोरोना संक्रमणको उच्च जोखिम रहेको देशमा अन्तर्राष्ट्रिय उडान बन्द गर्न सिफारिस गरेको थियो।

    भारतमा कोरोना संक्रमित तीव्रगतिमा बढ्दै गएपछि अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलिया जस्ता देशले सिधा उडान स्थगित गरेको छ।

    पछिल्लो दिन नेपाल ट्रान्जिट भएर विदेशीने भारतीयको संख्या बढ्दै गएको छ। यसैकारण नेपालमा पनि कोरोना संक्रमणको भयवह स्थिति आउनसक्ने भन्दै हवाई यात्रालाई प्रतिबन्ध लगाउन स्वास्थ्य विज्ञहरुले माग गरेका थिए।

  • सम्बन्धित विषय:

  • # बन्द
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology