Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रदेश सभा सदस्य र प्रहरीबीच झडप

प्रदेश सभा सदस्य र प्रहरीबीच झडप ,डिआइजीद्वारा महिला सांसदकाे कपाल समातेर लछारपछार

प्रदेश सभा सदस्य र प्रहरीबीच झडप ,डिआइजीद्वारा महिला सांसदकाे कपाल समातेर लछारपछार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १९, २०७८ आइतवार • २१:११:०९ बजे
  • 2.1K
    SHARES
  • प्रदेश सभा सदस्य र प्रहरीबीच झडप ,डिआइजीद्वारा महिला सांसदकाे कपाल समातेर लछारपछार

    लुम्बिनी प्रदेश प्रमुखको कार्यालय परिषर अगाडी प्रदेश सभा सदस्य र प्रहरीबीच झडप भएको छ। नियुक्ती नहुँदै अल्पमतमा परेका शंकर पोखरेललाई सपथ खुवाउन जान भन्दै प्रदेश प्रमुख कार्यालयबाट निस्कन लाग्दा विपक्षी दलका सांसदले रोक्न खोजेपछि झडप भएको हो।

    images

    झडपमा सांसद लौटी थारुसहित केही सांसद सामान्य घाइते भएको नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खानले बताए। विपक्षी दलका सांसदहरु दिउँसोदेखि ने संविधान विपरित भएको मुख्यमन्त्रीको नियुक्तीलाई रोक्नु पर्ने भन्दै सपथ कार्यक्रम गर्न नदिने भनेर प्रदेश प्रमुखको कार्यालय परिषरमा धर्नामा थिए।

    प्रदेश प्रमुखको कार्यालयमा सपथ हुन नसक्ने ठानेपछि शंकर पोखरेललाई निवासमै गएर सपथ खुवाउने भन्दै प्रदेश प्रमुख धर्मनाथ यादव कार्यालयबाट निस्क्न खोज्दा विपक्षी गठबन्धनका सांसदहरुले रोक्ने प्रयास गरेका थिए। तर ती सांसदविरुद्ध प्रहरीका उच्च अधिकारीहरुनै हातपातमा उत्रेको सांसदहरुले बताएका छन्।

    सांसद लौटी थारुलाई डिआइजीले नै कपालमा समातेर लछारपछार पारेको गठबन्धनका सांसदहरुले बताएका छन्।

    source:lokpati

  • सम्बन्धित विषय:

  • # झडप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology