Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतमा कोरोना संक्रमित

भारतमा कोरोना संक्रमितको संख्या झण्डै २ करोड पुग्यो

भारतमा कोरोना संक्रमितको संख्या झण्डै २ करोड पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २०, २०७८ सोमवार • ०८:३०:१८ बजे
  • 1.1K
    SHARES
  • भारतमा कोरोना संक्रमितको संख्या झण्डै २ करोड पुग्यो

    एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी छ । पछिल्लो २४ घण्टामा ३ लाख ७० हजार ५९ जना नयाँ कोरोना संक्रमित थपिएका छन । त्यस्तै मृत्यु दर पनि निकै उच्च देखिएको छ । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ३ हजार ४२२ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म भारतमा कुल संक्रमितको संख्या १ करोड ९९ लाख १९ हजार ७१५ पुगेको छ । त्यस्तै कुल मृतकको संख्या २ लाख १८ हजार ९४५ पुगेको छ ।

    images

    त्यहाँ अहिले पनि ३४ लाख १९ हजार ३२ जना सक्रिय संक्रमित रहेका छन । त्यसैगरी कोरोना संक्रमणले अधिक प्रभावित मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा २९ हजार ६९९ जना नयाँ संक्रमित थपिएका छन । जसअनुसार हालसम्म कुल संक्रमितको संख्या ३ करोड ३१ लाख ७९ हजार ४३९ पुगेको छ । त्यस्तै थप ३१२ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको कुल संख्या ५ लाख ९१ हजार ६२ पुगेको छ ।

    त्यसैगरी ब्राजिलमा २८ हजार ९३५ जना नयाँ संक्रमित थपिएका छन । जसअनुसार हालसम्म त्यहाँ कुल संक्रमितको संख्या १ करोड ४७ लाख ५४ हजार ९१० जना पुगेको छ । त्यस्तै थप १ हजार २२० जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म मृत्यु हुनेको कुल संख्या ४ लाख ७ हजार ७७५ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology