Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त : नयाँ प्रमुखमा यादव,को हुन् यादव....

सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त : नयाँ प्रमुखमा यादव,को हुन् यादव....

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २०, २०७८ सोमवार • १७:४१:३९ बजे
  • 1.4K
    SHARES
  • सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त : नयाँ प्रमुखमा यादव,को हुन् यादव....

    सुदूरपश्चिम - सरकारले सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

    images

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

    त्यससँगै रिक्त पदमा मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तको सिफारिस गरिएको छ। नवनियुक्त प्रदेश प्रमुखको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम छ ।

    यादव दोस्रो संविधान सभाका उपाध्यक्ष र उपभामुख भएका थिए । उनी राप्रपा नेपालबाट उपसभामुख बनेका थिए । तर, यादव २०७४ सालको प्रतिनिधिसभा चुनावअघि एमालेमा प्रवेश गरेका थिए।

    यादव समानुपातिक सूचीमा रहेका भए पनि सांसद भने भएका थिएनन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology