Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतमा एकै दिन ३४ सय ३८ को मृत्यु, साढे ३ लाख बढी संक्रमित

भारतमा एकै दिन ३४ सय ३८ को मृत्यु, साढे ३ लाख बढी संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २१, २०७८ मंगलवार • ०९:०२:२५ बजे
  • 982
    SHARES
  • भारतमा एकै दिन ३४ सय ३८ को मृत्यु, साढे ३ लाख बढी संक्रमित

    एजेन्सी । भारतमा कोरोना संक्रमण र मृत्यु दर बृद्धि हुने क्रम रोकिएको छैन । पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ४ सय ३८ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या २ लाख २२ हजार ३८३ पुगेको छ ।

    images

    त्यसैगरी पछिल्लो २४ घण्टामा ३ लाख ५५ हजार ८२८ जना नयाँ कोरोना संक्रमित थपिएका छन । जसअनुसार भारतमा कुल संक्रमितको संख्या २ करोड २ लाख ७५ हजार ५४३ पुगेको छ । त्यहाँ अहिले पनि ३४ लाख ५२ हजार ४५७ जना सक्रिय संक्रमित रहेका छन । पछिल्लो २४ घण्टामा मृत्यु दरका हिसाबले दोस्रो स्थानमा रहेको ब्राजिलमा थप १ हजार ५४ जनाको मृत्यु भएको छ ।

    कोरोना संक्रमणका कारण हालसम्म त्यहाँ ४ लाख ८ हजार ८२९ जनाको ज्यान गैसकेको छ । पछिल्लो २४ घण्टामा ब्राजिलमा ३६ हजार ५२४ जना नयाँ संक्रमित थपिएका छन । जसअनुसार त्यहाँ कुल संक्रमितको संख्या १ करोड ४७ लाख ९१ हजार ४३४ पुगेको छ ।

    त्यसैगरी अमेरिकामा पछिल्लो २४ घण्टामा ३८ हजार ८५१ जना नयाँ संक्रमित थपिएका छन । जसअनुसार हालसम्म कुल संक्रमितको संख्या ३ करोड ३२ लाख २९ हजार ४४५ पुगेको छ । त्यस्तै थप ४४३ जनाको मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology