Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाको नयाँ भेरियन्ट भारतमा भेटियो-, १५ गुणा बढी खतरनाक

कोरोनाको नयाँ भेरियन्ट भारतमा भेटियो-, १५ गुणा बढी खतरनाक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २२, २०७८ बुधवार • ११:०९:१२ बजे
  • 1.5K
    SHARES
  • कोरोनाको नयाँ भेरियन्ट भारतमा भेटियो-, १५ गुणा बढी खतरनाक

    एजेन्सी । कोरोनाभाइरसको दोस्रो लहरका कारण छिमेकी मुलुक भारतको स्वास्थ्य ब्यवस्थापनको अवस्था अस्तब्यस्त बनेको छ । त्यहाँ संक्रमण र मृत्यु दर तीव्र बनेको छ । यहीबीच भारतबाट अर्को डरलाग्दो समाचार आएको छ । भारतमा पुनः कोरोना भाइरसको नयाँ स्ट्रेन फेला परेको छ ।

    images

    यसलाई एपी स्ट्रेन नाम दिइएको छ । यो भारतको आन्ध्र प्रदेशमा भेटिएको नयाँ कोरोनाभाइरस हो । यसलाई त्यहाँको सेन्टर फर सेल्यूलर एन्ड मलिक्युलर बायोलोजीले एन ४४० के नाम दिएको छ । कोरोनाको यो स्ट्रेन यसअघिकोभन्दा १५ गुणा बढी खतरनाक भएको बातइएको छ । कोरोना भाइरसको यो नयाँ भेरियन्टले संक्रमित विरामीलाई ३/४ दिनमै हाइपोक्सिया या डिस्पनियाको शिकार बनाउँछ । अर्थात संक्रमित विरामीको शरीरको अक्सिजन ३/४ दिनमै अत्यन्तै न्युन बनाउँछ । यस अवस्थामा फोक्सोले काम गर्न छाड्छ ।

    यो अवस्था भनेको अत्यन्तै चिन्ताजनक अवस्था हो । यस बेला विरामीलाई उचित उपचार गर्न नसके विरामीको मृत्यु निश्चित हुन्छ । अहिलेसम्म दक्षिण भारतमा मात्रै विभिन्न पाँच प्रकारका कोरोना भेरियन्टहरु फेला परेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology