Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतमा एकै दिन ३७ सय ८६ को मृत्यु, ३ लाख ८२ हजार ६ सय बढी नयाँ संक्रमित थपिए

भारतमा एकै दिन ३७ सय ८६ को मृत्यु, ३ लाख ८२ हजार ६ सय बढी नयाँ संक्रमित थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २२, २०७८ बुधवार • ११:१३:०० बजे
  • 1.3K
    SHARES
  • भारतमा एकै दिन ३७ सय ८६ को मृत्यु, ३ लाख ८२ हजार ६ सय बढी नयाँ संक्रमित थपिए

    एजेन्सी । भारतमा कोरोना संक्रमण र मृत्यु दर बृद्धि हुने क्रम झन झन बढिरहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ७ सय ८६ जनाको मृत्यु भएको छ ।  भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या २ लाख २६ हजार १६९ पुगेको छ ।

    images

    त्यसैगरी पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ६९१ नयाँ संक्रमित थपिएका छन । जसअनुसार भारतमा कुल संक्रमितको संख्या २ करोड ६ लाख ५८ हजार २३४ पुगेको छ । त्यहाँ अहिले पनि ३४ लाख ९३ हजार ६६५ जना सक्रिय संक्रमित रहेका छन । पछिल्लो २४ घण्टामा मृत्यु र संक्रमण दरका हिसाबले दोस्रो स्थानमा रहेको ब्राजिलमा थप ३ हजार २५ जनाको मृत्यु भएको छ ।

    कोरोना संक्रमणका कारण हालसम्म त्यहाँ ४ लाख ११ हजार ८५४ जनाको ज्यान गैसकेको छ । पछिल्लो २४ घण्टामा ब्राजिलमा ६९ हजार ३७८ जना नयाँ संक्रमित थपिएका छन । जसअनुसार त्यहाँ कुल संक्रमितको संख्या १ करोड ४८ लाख ६० हजार ८१२ पुगेको छ ।

    त्यसैगरी अमेरिकामा पछिल्लो २४ घण्टामा ४२ हजार १२२ जना नयाँ संक्रमित थपिएका छन । जसअनुसार हालसम्म कुल संक्रमितको संख्या ३ करोड ३२ लाख ७४ हजार ४२७ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology