Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मुख्यमन्त्री गुरूङलाई कोरोना पुष्टी

गण्डकीका मुख्यमन्त्री गुरूङलाई कोरोना पुष्टी,प्रधानमन्त्री ओली देखि कन्ट्याक्ट ट्रेसिङमा तानिए सभामुख र दलका नेता

गण्डकीका मुख्यमन्त्री गुरूङलाई कोरोना पुष्टी,प्रधानमन्त्री ओली देखि कन्ट्याक्ट ट्रेसिङमा तानिए सभामुख र दलका नेता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २२, २०७८ बुधवार • १४:४३:५८ बजे
  • 2.8K
    SHARES
  • गण्डकीका मुख्यमन्त्री गुरूङलाई कोरोना पुष्टी,प्रधानमन्त्री ओली देखि कन्ट्याक्ट ट्रेसिङमा तानिए सभामुख र दलका नेता

    पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई कोरोना संक्रमण पुष्टी भएको छ। कोरोना संक्रमणको आशंकामा परीक्षण गर्न मंगलबार उनले स्वाब दिएका थिए। पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा परीक्षण गर्दा मुख्यमन्त्री गुरूङको रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ।

    images

    यसअघि उनको एन्टिजेन परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ नै आएको थियो । उनलाई कोरोना पुष्टी भए लगत्तै गण्डकी प्रदेशका सभामुख र संसदीय दलका नेताहरु कन्ट्याक्ट टेसिङमा तानिएका छन्। प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले मंगलबार बोलाएको संसदीय दलको बैठकमा मुख्यमन्त्री गुरूङ सहभागी थिए।

    उक्त बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी केन्द्रका हरिबहादुर चुमान, जनमोर्चाका कृष्ण थापा, जनता समाजवादी पार्टीका नेता हरिशरण आचार्य सहभागी थिए।

    यसअघि मुख्यमन्त्री गुरूङले गत शुक्रबार काठमाडौं पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए। काठमाडौंमा भेटघाट गरेर उनी शनिबार पोखरा फर्किएका थिए।

    कोरोना संक्रमण भएका मुख्यमन्त्री गुरूङ होम आइसोलेसन बसेका छन्। उनलाई हालसम्म कोरोनाको कुनै लक्षण देखिएको छैन। उनको सिटी भ्यालु १७, १८, १८ रहेको छ।

    मुख्यमन्त्री गुरूङका प्रेस संयोजक विक्रम न्यौपाने पनि कोरोना संक्रमित भएर अहिले होम आइसोलेसनमा छन्। उनलाई ६ दिनअघि नै कोरोना संक्रमण पुष्टी भएको थियो।स्रोत सेतोपाटीबाट साभार

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology