Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गण्डकी प्रदेश प्रमुखको पदभार ग्रहण गर्दै पौडेलले भनिन,"सभामुखका कारण समस्या आयो"

गण्डकी प्रदेश प्रमुखको पदभार ग्रहण गर्दै पौडेलले भनिन,"सभामुखका कारण समस्या आयो"

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २२, २०७८ बुधवार • १५:०९:३० बजे
  • 1.4K
    SHARES
  • गण्डकी प्रदेश प्रमुखको पदभार ग्रहण गर्दै पौडेलले भनिन,"सभामुखका कारण समस्या आयो"

    पोखरा - गण्डकी प्रदेशकी नवनियुक्त प्रमुख सीता कुमारी पौडेलले आज ११ बजे सहिदचोकस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेकी छन् । उनले बुधबार पदभार ग्रहण गरेकी हुन् । 

    images

    सरकारले प्रदेश प्रमुखमा नियुक्त गरेपछि पौडेलले सोमबार साँझै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएकी थिइन् ।सरकारले अमिक शेरचनलाई हटाएर पौडेललाई नियुक्त गरेका हुन ।  

    पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै पौडेलले गण्डकी प्रदेश सभामा पछिल्लो समयमा देखिएको राजनैतिक गतिरोध अन्त्य गर्न दलहरुबीच समन्वयकारी भूमिका खेल्ने बताइन् । उनले संविधान र कानुनको परिधिभित्र रहेर प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच समन्वायत्मक भूमिका खेल्ने बताइन् । 

    उनले प्रदेशका सवै राजनैतिक पार्टीसँगको समन्वयमा मिलेर अगाडि बढ्ने बताउँदै हाल विकसित घटनासँगै अवरुद्ध भएको संसदलाई निकास दिन तत्कालै पहल गर्ने बताइन् । 

    उनले गण्डकी प्रदेशसभाको बैठक सभामुखले सवै राजनैतिक दलहरुको सल्लाहविना नै स्थगित गरेकाले समस्या आएको बताउँदै त्यसका लागि अब, आफूले समन्वात्यमक भूमिका खेल्ने समेत बताइन् । उनलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले स्वागत गरेका थिए । 

  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश प्रमुख
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology