Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अध्यक्ष ओलीलाई संकेत गर्दै रामकुमारी झाँक्रीको स्टाटस,"हम तो डुबेंगे ही सनम, आपको भी ले डुबेंगे"

अध्यक्ष ओलीलाई संकेत गर्दै रामकुमारी झाँक्रीको स्टाटस,"हम तो डुबेंगे ही सनम, आपको भी ले डुबेंगे"

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २२, २०७८ बुधवार • १५:५६:०३ बजे
  • 3.3K
    SHARES
  • अध्यक्ष ओलीलाई संकेत गर्दै रामकुमारी झाँक्रीको स्टाटस,"हम तो डुबेंगे ही सनम, आपको भी ले डुबेंगे"

    नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै आफू डुब्दा अरूलाई पनि लिएर डुब्ने बताएकी छन्। बुधबार उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू पनि डुब्ने र अरूलाई पनि लिएरै डुब्ने बताएकी हुन्।

    images

    एमालेको माधव नेपाल पक्षकी झाँक्रीले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कडा आलोचना गर्दै आएकी छन्।

    प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा २७ गते विश्वासको मत लिँदै छन्। नेपाल पक्षले वैशाख २७ अघि नै सामूहिक राजीनामा दिन सकिने बताएका छन्। यही सन्दर्भमा झाँक्रीले बुधबार स्टाटस लेखेकी हुन्।

    'हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड,' उनले लेखेकी छन्,'हिन्दीमा एउटा कहावत छ: हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।'

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology